
काठमाडौँः प्रस्तावित तीन राजदूतको आज संसदीय सुनुवाइ हुँदैछ। सरकारले पुस ६ गतेको मन्त्रिपरिषदबाट सिफारिस गरेका पाँचमध्ये दुई राजदूतको सुनुवाइ सम्पन्न भइसकेको छ।
संसदीय सुनुवाइ समितिले आज स्वीट्जरल्याण्डका लागि प्रस्तावित मणिप्रसाद भट्टराई, क्यानाडाका लागि प्रस्तावित भृगु ढुंगाना र कुवेतका लागि प्रस्तावित दुर्गाप्रसाद भण्डारीलाई सुनुवाइका लागि बोलाएको हो। बिहान ११ बजे समिति बैठक बस्दैछ।
माघ ३ गते थाइल्याण्ड र फ्रान्सका लागि प्रस्तावित राजदूतको सुनुवाइ सम्पन्न भएको थियो। दुबै राजदूतलाई समितिले अनुमोदन समेत गरिसकेको छ।
समितिले थाइल्याण्डका लागि प्रस्तावित गणेशप्रसाद ढकाल र फ्रान्सका दीपक अधिकारीको नाम अनुमोदन गरेको हो।