PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

नेपाली गीतमा भारती सिंहले बनाइन् टिकटक भिडियो



पहिलोपोस्ट

नेपाली गीतमा भारती सिंहले बनाइन् टिकटक भिडियो

काठमाडौं:  कमेडियन भारती सिंहले हालै 'म त पिरिममा' बोलको नेपाली गीतमा टिकटक भिडियो बनाएकी छिन्। भिडियोमा उनले गीतको लिप्सिङ मिलाउँदै नृत्य गरेको देख्न सकिन्छ। उनको भिडियोलाई नेपालीहरुले पनि सामाजिक सञ्जालमा सेयर गरेका छन्।

निर्माण टिमले गीतबाट सकारात्मक प्रतिक्रिया बटुलेका छन्। अहिले, फिल्म 'गरुड पुराण' प्रदर्शनरत छ। निर्देशक सुवास कोइरालाले पछिल्लो समय फिल्मको यही गीतमा ४५ हजार पटक टिकटक भिडियो निर्माण गरेको जानकारी दिएका थिए। उनले ३५ लाख पटक गीतलाई टिकटकमा हेरिएको दावी गरेका थिए।

भारती टिकटकमा सक्रिय छिन्। हर्षसँग हालै विवाह गरेकी भारती अहिले 'खत्रों कि खिलाडी' सोमा व्यस्त छिन्।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell