PahiloPost

Jul 25, 2025 | १० साउन २०८२

आइसीसी अवार्डमा कोहलीको 'क्लिन स्विप', तीन ठूला अवार्ड जित्ने पहिलो खेलाडी



पहिलोपोस्ट

आइसीसी अवार्डमा कोहलीको 'क्लिन स्विप', तीन ठूला अवार्ड जित्ने पहिलो खेलाडी

भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले आइसी अवार्डमा क्लिनसिप गरेका छन्।

कोहलीले तीन ठूला व्यक्तिगत अवार्ड जितेका हुन। यस्तै टेष्ट र ओडिआई टिम अफ दि इअर दुवैमा पर्ने दुई खेलाडीमध्ये एक रहेका कोहली दुवैको कप्तान समेत चुनिएका छन्।

कोहली सर गार्फिल्ड सोबर्स प्लेअर अफ दि इअर, टेष्ट प्लेअर अफ दि इअर र ओडिआई प्लेअर अफ दि इअर अवार्ड एकै पटक जित्ने पहिलो खेलाडी समेत बनेका छन्।

कोहलीले २०१८ मा खेलेका १३ टेष्टमा ५ शतकसहित ५५.०८ को ओषतमा १ हजार ३२२ रन बनाउका थिए।

यस्तै १४ ओडिआईमा १ हजार २०२ रन बनाएका थिए। जहाँ ६ शतक समावेश छ। ओडिआईमा कोहलीको औषत १३३.५५ रनको थियो।

यस्तै १० टी २० आईमा २११ रन प्रहार गरेका थिए।

आइसीसी प्लेअर अफ दि इअर र टेष्ट प्लेअर अफ दि इअर अवार्डमा दक्षिण अफ्रिकाका खागिसो रबाडा दोस्रो बने भने ओडिआई प्लेअर अफ दि इअरमा अफनिस्तानका रसिद खान दोस्रो भए।

कोहली टेष्ट र ओडिआई दुवै टिम अफ दि इअरमा कप्तान चयन हुँदा भारतकै जसप्रित बुमाराह दुवै टिममा पर्न सफल भएका छन्।

टेष्ट टिम अफ दि इअरमा परेका अन्य खेलाडीमा नयूजिल्याण्डमा टम लाथम, श्रीलकाका दिमुथ करुणारत्ने, भारतका रिसव पन्त, न्यूजिल्याण्डका हेनरिक निकोल्स, वेष्ट इन्डिजका जासोन होल्डर, दक्षिण अफ्रिकाका खागिसो रबाडा, अष्ट्रेलियाका नाथन लियोन र पाकिस्तानका मोहम्मद अब्बास छन्।

यस्तै ओडिआई टिम अफ दि इअरमा भने इंग्ल्याण्डका खेलाडीको वर्चस्व रहेको छ। इंग्ल्याण्डबाट जोए रुट, जोनी बेर्स्ट्वो, जोस बटलर, बेन स्टोक छन्। यस्तै भारतबाट कोहली र बुमराहसँगै कुलदिप यादव र रोहित शर्मा पनि परेका छन्।

यसबाहेक न्यूजिल्याण्डका रोस टेलर, बंगलादेशका मुस्ताफिजुर रहेमान र अफगानिस्तानका रसिद खान रहेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell