PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

साफ च्याम्पियनसिप अघि नेपाली महिला फुटबल टोली भारतमा भिड्दै



पहिलोपोस्ट

साफ च्याम्पियनसिप अघि नेपाली महिला फुटबल टोली भारतमा भिड्दै
PHOTO : ANFA

काठमाडौँ : नेपालको राष्ट्रिय महिला फुटबल टिमले आगामी फेब्रुअरी दोस्रो साता भारतमा चार राष्ट्र सम्मिलित फुटबल प्रतियोगिता खेल्ने भएको छ।

नेपालमै हुने साफ महिला च्याम्पियनसिपको तयारीको रुपमा नेपालले यो प्रतियोगिता खेल्न लागेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ।

प्रतियोगिता फेब्रुअरी ७ देखि १७ सम्म भारतको भुवनेश्वरमा हुनेछ। जहाँ भारत र नेपालसँगै श्रीलंका र म्यानमारले प्रतिस्पर्धा गर्ने एन्फाले जनाएको छ।

पहिलो पटक नेपालले साफ महिला च्याम्पियनसिप आयोजना गर्दैछ र च्याम्पियनसिप मार्च १२ देखि विराटनगरमा हुनेछ।

जसमा नेपाल, बंगलादेश, पाकिस्तान र भुटान समूह ए मा छन् भने साविक विजेता भारत, श्रीलंका र माल्दिभ्स समूह बी मा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell