PahiloPost

Jul 25, 2025 | १० साउन २०८२

'बोहिमियन रप्सोडी'ले तोड्यो विश्व रेकर्ड



पहिलोपोस्ट

'बोहिमियन रप्सोडी'ले तोड्यो विश्व रेकर्ड

हलिउड फिल्म 'बोहिमियन रप्सोडी'ले वर्ल्ड बक्स अफिसमा सर्वाधिक व्यापार गरेको छ। बेलायती रक ब्यान्ड ‘क्वीन’का लिड भोकलिस्ट फ्रेडी मर्क्युरीमाथि बनेको बायोपिकले विश्व रेकर्ड तोडेको हो।

२०१८ मा रिलिज भएको ‍फिल्मले जापानमा हाल सम्म सर्वाधिक ८८.६ मिलियन डलर कमाइसकेको छ। यस्तै, फिल्मले दक्षिण कोरियामा ७६ मिलियन डलर कमाइसकेको छ।

क्वीनको घर बेलायतमा भने 'बोहिमियन रप्सोडी'ले ६६.३ मिलियन डलर कमाएको छ। हलिउडमा एउटा प्रोडक्सन हाउसले निर्माण गरी घाटामा गएका चलचित्रको रकम उठाउने सवाल यो फिल्म टेन्ट पोल्स सावित भएको छ।  

'बोहिमियन रप्सोडी' कै हाराहारीमा हालसम्म सोनीको भेनमले ८ सय ५५ मिलियन डलर र २०१७ मा प्रदर्शनमा आएको वनर्ड वुमनेले ८ सय २२ मिलियन कमाएको थियो।  

यसपटकको गोल्डेन ग्लोब्स अवार्डमा ‘बोहिमियन रप्सोडी’ ले उत्कृष्ट  फिल्मको उपाधी प्राप्त गरेको थियो। फ्रेडी मर्क्युरीको भूमिका निर्वाह गरेका रमी मलिकले उत्कृष्ट नायकको अर्वाड जित्न सफल भएका थिए।

धेरै चर्चामा रहेको र पाँचवटा अवार्डका लागि मनोनयनमा परेको फिल्म 'अ स्टार इज बर्न' लाई उछिन्दै ‘बोहिमियन रप्सोडी’ले उत्कृष्ट अवार्ड प्राप्त गर्न सफल रह्‍यो। अर्को महिना हुने ओस्कर अवार्डमा समेत ‘बोहिमियन रप्सोडी’ ले अवार्ड जित्ने अनुमान गरिएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell