PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

चितवन पुगे 'रणवीर' टिम



पहिलोपोस्ट

चितवन पुगे 'रणवीर' टिम

काठमाडौं: फिल्म प्रचारका लागि 'रणवीर' टिम यतिखेर चितवन पुगेको छ। फिल्मका मुख्य कलाकार सुशील सिटौला, शुभेच्छा खड्का, सुपुस्पा भट्ट, निर्माता गोमा विष्ट थापा र दिपेन्द्र रेग्मीले चितवनमा साक्षात्कार कार्यक्रम पनि गरेको छ।

सुपुस्पा र शुभेच्छाको यो डेब्यू फिल्म हो। गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा टिका पहाडी, रवी गिरी, शैलेश्वरी सिंह, जगदीश रिजाल, बसन्ती भट्ट लगायतको अभिनय छ। फिल्मका लागि सशीलले कडा मेहनत गरेको बताउँदै आएका छन्।

सुशीलले भने 'फिल्ममा मैले एउटा युवाको भुमिका निर्वाह गरेको छु, जसले माया, मित्रता र परिवारसँगै राष्ट्रको लागि पनि केहि गर्छ।'

फिल्ममा माया, मित्रता र बदलाको कथा समेटेको निर्देशक भण्डारीले बताए। फिल्ममा महेश पौडेलको छायाँकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द, रामजी लामिछाने, गम्भीर विष्ट र सुरेन्द्र बसेलको कोरियोग्राफी छ। यो फिल्मसँगै 'गोपी' र 'सय कडा दश' पनि प्रदर्शनमा आउने भएका छन्। माघ १८ मा फिल्म रिलिज हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell