PahiloPost

Jul 25, 2025 | १० साउन २०८२

ठगीमा भिआइपी महिला : 'लन्‍डनको बसाइ', करोडौंको कारोबार



पहिलोपोस्ट

ठगीमा भिआइपी महिला : 'लन्‍डनको बसाइ', करोडौंको कारोबार

काठमाडौँ: भिआइपी व्यक्तिको नाटक गर्दै ठगी गर्ने एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले बाग्लुङ वडीगार्ड गाउँपालिका वडा नम्बर ८ बस्ने ४२ स्नेहा भन्ने सरिताकुमारी रानालाई पक्राउ गरेको छ।

रानाले मेरो परिवार लन्डनमा छ भनी पोखरा लेखनाथ महानगरपालिका विभिन्न स्थान बस्ने विभिन्न चिनजानका व्यक्तिहरूलाई घर जग्गा खरिद गर्न, जग्गासँग घर साटी दिने जस्ता विभिन्न प्रलोभन देखाउने तथा, आफूलाई आपत् प-यो भनी ऋण लिएर ठगी गर्ने गरेको डिएसपी रविन्द्रमान गुरुङले जानकारी दिए।

उनले अहिलेसम्म २ करोड ५० लाख रुपैयाँ भन्दा बढी ठगी गरेको प्रहरीमा मौखिक उजुरी आएको डिएसपी गुरुङले जानकारी दिए। रानाले आफूलाई भिआइपी देखाउन फ्ल्याट तथा कार भाडामा लिएर प्रयोग गर्ने गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ। त्यस्तै काम गर्ने कामदारदेखि ड्राइभरसमेत भाडामा राखेको डिएसपी गुरुङले जानकारी दिए। रानाले आफ्नो परिवार लन्डनमा भएको भनेपनि कोही पनि परिवारको सदस्य लन्डनमा नभएको खुलेको हो।

काठमाडौँ दरबारमार्गबाट पक्राउ परेकी उनलाई उच्च अदालतबाट बैंकिङ कसुर मुद्दामा म्याद थप अनुमति लिई  गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell