PahiloPost

Jul 25, 2025 | १० साउन २०८२

गोंगबुको एक होटेलमा प्रहरीले चलायो गोली, एकजना घाइते



पहिलोपोस्ट

गोंगबुको एक होटेलमा प्रहरीले चलायो गोली, एकजना घाइते

काठमाडौँ : नयाँ बसपार्कमा प्रहरीले आज  एक जना माथि गोली प्रहार गरेको छ।

काभ्रेपलान्चोकका अभिलास तामाङ माथि प्रहरीले गोली चलाएको हो। हातहतियार सहित उनी आएको जानकारी पाएपछि प्रहरी टोली त्यहाँ पुगेको थियो। त्यहाँ पुग्नासाथ प्रहरीमाथि गोली चलाएकाले जवाफी फायर गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए।

डिएसपी बोगटीले भने, 'होटेलमा एक युवक हतियारसहित बसेका छन् भन्ने खबर आयो। हामी होटेलको कोठामा पुगेर ढकढक गर्दा हामी माथि गोली प्रहार गर्ने प्रयास भयो। हामीले जवाफी फायर गरेका हौं।'

प्रहरीको गोली लागेका तामाङको शिक्षण अस्पतालमा उपचार भइरहेको छ। तामाङको साथबाट पेस्तोल र केही थान गोली समेत बरामद भएको डिएसपी बोगटीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell