PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

उपसचिव निरौला चढेको गाडी नयाँबानेश्वर चोक नजिकै तोडफोड



पहिलोपोस्ट

उपसचिव निरौला चढेको गाडी नयाँबानेश्वर चोक नजिकै तोडफोड

काठमाडौँः सामान्य प्रशासन मन्त्रालयका उपसचिव लक्ष्मी निरौला चढेको गाडीमा ढुङ्गा प्रहार भएको छ। 

आज नयाँ बानेश्वर संसद् भवन अगाडि अज्ञात समूहले उपसचिव निरौला चढेको बा २ झ ४१२६ नम्बर गाडी तोडफोड गरेका हुन्। कार्यालय समय सकेर फर्किँदै गर्दा गाडीमा ढुङ्गा प्रहार भएको उपसचिव निरौलाले बताए। अज्ञात समूहले पटक पटक गाडीमा ढुङ्गा प्रहार गरेका थिए।

'१० जना भाइहरू जस्ताको समूह आयो। हेर्दा हेर्दै आफ्नै गाडीमा ढुङ्गाले हाने। एकचोटी सिसा नफुटेपछि फेरि हाने।' उनीहरूले मुखमा कुनै पनि कपडा नबाँधेको उपसचिव निरौलाले बताए।

आफूलाई समेत सिसाको टुक्राले लागेको उसपसचिव निरौलाले बताए। गाडीलाई मन्त्रालयकै परिसरमा राखिएको छ। ढुङ्गा प्रहार गर्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell