PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

अस्कर अवार्डको विदेशी भाषाको फिल्ममा जापानदेखि लेबनानसम्मका फिल्म नोमिनेसनमा



पहिलोपोस्ट

अस्कर अवार्डको विदेशी भाषाको फिल्ममा जापानदेखि लेबनानसम्मका फिल्म नोमिनेसनमा

यो वर्षको अस्कर अवार्डका लागि विदेश भाषाको फिल्मको विधामा पाँच देशका फिल्महरु छनौट भएका छन्। 

नोमिनेसनमा परेका फिल्महरुमा मेक्सिकोको 'रोमा' पनि रहेको छ जसले कूल १० वटा विधामा नोमिनेट हुन सफल भएको छ। नेटफ्लिक्समा रिलिज भएको यो ब्ल्याक एन्ड ह्वाइट फिल्म उत्कृष्ट फिल्म  र अभिनेत्रीमा समेत मनोनयनमा परेको छ। 

त्यसैगरी लेबनानको क्यापरनाउम, पोल्यान्डको कोल्ड वार र जर्मनीको नेभर लुक अवे नोमिनेसनमा परेको छ भने जापानको सपलिफ्टर्स पनि मनोनयनमा परेको छ। 

नेपालले अस्करका लागि शिवम अधिकारीको निर्देशन रहेको पञ्चायतलाई पठाएको थियो। 

रोमासँगै कमेडी ड्रामा द फेभरेटले पनि १० वटा विधामा नोमिनेट भएको छ। 

अ स्टार इज बर्न र भाइस आठ वटामा नोमिनेट भएको छ भने ब्ल्याक प्यान्थर सात वटामा। 

उत्कृष्ट फिल्ममा नोमिनेट भएको ब्ल्याक प्यान्थर पहिलो सुपर हिरो मूभी हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell