PahiloPost

Jan 1, 2025 | १७ पुष २०८१

सिमरा गोल्डकप : संकटालाई हराउँदै थ्री स्टार सेमिफाइनलमा



राधेश्याम पटेल

सिमरा गोल्डकप : संकटालाई हराउँदै थ्री स्टार सेमिफाइनलमा

वीरगंज : रुस्लान थ्रीस्टार क्लब सिमरामा भइरहेको दशौं सिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

मंगलबार भएको खेलमा सिएमजी संकटा क्लबलाई २-० गोल अन्तरले हराउँदैथ्री स्टार सेमिफाइनलमा प्रवेश गरेको हो।

थ्री स्टार अन्तिम चारमा पुगेसँगै सेमिफाइनलमा खेल्ने चार टिमको नाम पक्का भइसकेको छ। थ्री स्टारले अब फाइनल प्रवेशका लागि हिमालयन शेर्पासँग खेल्नेछ।

बुधबार पहिलो सेमिफाइनलमा आयोजक नव जनजागृति युवा क्लब सिमराले त्रिभूवन आर्मीसंग प्रतिष्पर्धा गर्दैछ।

अन्तिम क्वाटरफाइनमा थ्री स्टारका लागि अफ्रिकी स्ट्राइकर फोफाना फोडे र सुसान श्रेष्ठले १–१ गोल गरे।

सिमरा रंगशालमा १३ औं मिनटमा फोडेले गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाए। खेलको ७८ औं मिनटमा फोडेको स्थानमा मैदान छिरेका सुसान श्रेष्ठले ८५औं मिनटमा थप एक गोल गर्दै टिमलाई जिताएका थिए।

प्रशिक्षक मेघराज केसीको पहिलो रोजाइमा नपरेका सुसान श्रेष्ठले थ्रीस्टारका लागि खेलको अन्तिम समयमा गोल गर्दै २–० को जित सुनिश्चित गरे। थ्री स्टारका रुपेश केसीले २५ यार्ड टाढाबाट प्रहार गरेको फ्रिकिक संकटाका डिफेण्डरले डिबक्सबाट क्लियर गर्न नसक्दा सुसानले त्यसको फाइदा लिंदै गोल गरे।

थ्री स्टार विरुद्धको खेलमा पाएका केहि अवसर सदुपयोग गर्न नसक्दा आठौं संस्करणको विजेता संकटा प्रतियोगिताबाट बाहिरियो।

खेलको म्यान अफ दि म्याच थ्री स्टारका डिफेन्डर अडामा डाम्बिया घोषित भए। उनले नगद दश हजार सहित ट्रफि हात पारे। 

हारपछि संकटाका प्रशिक्षक सल्यान खड्गीले शुरुवातमा एक गोलले पछि परेपछि खेलमा फर्कन नसक्दा पराजय व्यहोरेको बताए। आफ्ना खेलाडीले सोचे अनुसारको प्रदर्शन गर्न नसकेको बताउँदै प्रशिक्षक खड्गीले थ्री स्टारका खेलाडीले संकटाविरुद्ध सुन्दर प्रदर्शन गरेको बताए।

ए डिभिजन लिगपछि थ्री स्टारबाट बाहिरिएका खेलाडी निराजन खड्कालाई समेत थ्री स्टार विरुद्धको खेलमा मैदान उतारेको संकटाका प्रशिक्षक खड्गीले खड्का संकटासंग अनुबन्धनको प्रकृयामा रहेको बताए।

जीतपछि थ्री स्टारका प्रशिक्षक मेघराज केसीले लिगपछि टिममा केहि नयाँ खेलाडी आएको बताउँदै उनिहरु टिममा ‘एडजस्ट’ हुन बाँकी रहेको बताए। खप्तड गोल्डकपले सिमरा गोल्डकपमा खेल्ने अन्य टिमलाई प्रभावित बनाएजस्तै आफ्नो टिम पनि प्रभावित रहेको बताउँदै केसीले सेमिफाइनलमा थ्री स्टारले सुधारिएको खेल प्रदर्शन गर्ने बताए।   



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell