
काठमाडौँ : माछापुच्छ्रे र अन्नपूर्ण पारा राष्ट्रिय खेलकुद च्याम्पियनसिपअन्तर्गत नेत्रहीन महिला क्रिकेट प्रतियोगितामा मंगलबार फाइनलमा प्रवेश गरेका छन्।
राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा मुल्पानीको माथिल्लो मैदानमा भएको खेलमा माछापुच्छ्रेले सगरमाथालाई १० विकेटले पराजित गर्यो।
पहिले ब्याटिङ गरेको सगरमाथाले निर्धारित १५ ओभरमा ६ विकेट गुमाएर १४५ रन बनाएको थियव। सगरमाथाकी विमला राईले नटआउट ४८ रन जोडिन्।
जवाफमा माछापुच्छ्रेले ११ ओभरमा कुनै विकेट नगुमाई लक्ष्य भेट्टाउने क्रममा १४६ रन बनायो। माछापुच्छ्रेका लागि मनकेशरी चौधरीले ८८ तथा हिता गुरुङले ४० रन बनाए। दुवै नटआउट रहे।
अर्को खेलमा अन्नपूर्णले धौलागिरीलाई १३७ रनको विशाल अन्तरले हरायो। पहिल ब्याटिङ गरेको अन्नपूर्णले निर्धारित १५ ओभरमा १ विकेट गुमाएर २४४ रन जोडेको थियो। अन्नपूर्णका लागि विनिता पुनले १६९ र निमा बिसीले ६० रन जोडे।
धौलागिरीले १५ ओभरमा ५ विकेट गुमाएर १०६ रन मात्र बनाउन सक्यो। धौलागिरीकी आशिका चौधरीले ३७ रन बनाइन्। ४ टिम सहभागी प्रतियोगिताको फाइनल बुधबार हुनेछ।