
काठमाडौँः सप्तरीमा प्रहरीको इन्काउन्टरमा एक जनाको मृत्यु भएको छ।
प्रगतिशील तराई मुक्ति मोर्चाको संयोजक बताउने दीपेन्द्र जैसवाल इन्काउन्टरमा मारिएको प्रदेश नम्बर २ का प्रहरी प्रमुख डिआइजी हरि पालले बताए। डिआइजी पालले भने, 'गस्तीमा रहेका प्रहरीमाथि गोली प्रहार गरेपछि जवाफी फायरिङमा मृत्यु भएको हो।'
जैसवालको टाउकोमा गोली लागेको छ। केही दिनअघि सप्तारीमा प्रहरी हवल्दारमाथि गोली प्रहार गरी जैसवाल फरार रहेको प्रहरीको दाबी छ। २०७४ मा प्रहरीको मोबाइल गाडीमा एम्बुस थाप्ने र २०७२ मा प्रहरी रमेश सुब्बामाथि गोली हानी हत्या गरेको आरोपमा जैसवाल प्रहरीको खोजी सूचीमा थिए।
माघ ४ गते पनि सिराहमा गोली चलेको थियो। प्रहरीको गोली लागि प्रमोद यादव घाइते भएका थिए। सिराह नगरपालिका १५ सुखचैनामा प्रहरीको खोजी सूचीमा रहेका यादवलाई नियन्त्रण लिन गोली चलाइएको दाबाी प्रहरीको छ।
पुस २९ गते रुपन्देहीमा प्रहरीसँगको मुठभेडमा सिद्धार्थनगर नगरपालिका - ६ गल्लामण्डीका केदार साहनी मारिएका थिए।