PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

उपत्यकासहित देशभर हिउँदे वर्षा, बिहीबारदेखि मौसममा सुधार आउने



पहिलोपोस्ट

उपत्यकासहित देशभर हिउँदे वर्षा, बिहीबारदेखि मौसममा सुधार आउने

काठमाडौँः उपत्यकासहित देशका अधिकांश भू–भागमा पानी परेको छ। उपत्यकासहित मध्यपश्चिम र पश्चिमी भू–भागमा पानी परेको छ। हिमाली भेगहरुमा पनि वर्षा र हिउँ परेको छ। पूर्वी क्षेत्रमा पनि वर्षात् हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर सामान्यदेखि पूर्ण रूपमा बदली हुनेछ। पश्चिमसहित मध्य र पूर्वी क्षेत्रका केही स्थानहरुमा पनि पानी गर्ने महाशाखाले जनाएको छ।

बुधबार राति पनि केही स्थानहरुमा भने हल्का वर्षा जारी रहने महाशाखाको पूर्वानुमान छ। महाशाखाका अनुसार हिमाली क्षेत्रमा पनि हल्का हिमपात हुनेछ।

शुक्रबारदेखि भने पश्चिमी तथा पहाडी भू(भागमा केही स्थानमा आंशिक बदली बाहेक बाँकी क्षेत्रमा मौसम सफा रहने महाशाखाको पूर्वानुमान छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell