PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

प्रचण्डको स्वास्थ्यमा सुधार



पहिलोपोस्ट

प्रचण्डको स्वास्थ्यमा सुधार

काठमाडौँः भाइरल ज्वरोबाट बिरामी परेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ।

ज्वरोबाट प्रभावित भएपछि अध्यक्ष दाहालले मंगलबार ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा स्वास्थ्य परीक्षण गराएका थिए। चिकित्सकले दाहाललाई दुई/तीन दिन घरमै आराम गर्न सुझाव दिएको उनका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए। चिकित्सकको सल्लाह अनुरुप अध्यक्ष दाहाल निवासमा आराम गरिरहेका छन्।

कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले मंगलबार सुमेरु अस्पताल पुगेर दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell