PahiloPost

Jul 25, 2025 | १० साउन २०८२

नवलपरासीमा बस र वारुणयन्त्र एकापसमा ठोक्किए, २७ जना घाइते



पहिलोपोस्ट

नवलपरासीमा बस र वारुणयन्त्र एकापसमा ठोक्किए, २७ जना घाइते

कावासोतीः पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–१५ चोरमार–अरुणखोलास्थित जङ्गलमा बस र वारुणयन्त्र एकापसमा ठोक्किँदा २७ जना घाइते भएका छन्।

काठमाडौँबाट भैरहवाका लागि छुटेको लु १ ख ८७९७ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको लु १ ग ३१० नम्बरको कावासोती नगरपालिकाको बारुणयन्त्र एकापसमा ठोक्किँदा दुर्घटना भएको हो। गम्भीर घाइते सात जनाको भरतपुरमा उपचार भइरहेको छ। अन्यको मनकामना पोलिक्लिनिक अरुणखोलामा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell