PahiloPost

Jul 25, 2025 | १० साउन २०८२

भन्सार छलेर ल्याएको सामानसहित दुई जना पक्राउ



पहिलोपोस्ट

भन्सार छलेर ल्याएको सामानसहित दुई जना पक्राउ

गौशालाः भारतबाट अवैध रुपमा भन्सार छली ल्याएका कपडाका साथ महोत्तरी प्रहरीले मंगलबार एक भारतीयसहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत बिहार राज्यको सीतामढी जिल्लाको भेडियाही गाउँ पञ्चायत–५ का ४० वर्षीय सञ्जय साह र महोत्तरीको सोनमा गाउँपालिका–३ का ३५ वर्षीय लालबाबु राय रहेका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए।

भन्सार छलेर कपडा ल्याउँदै गरेका दुवैलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरुलाई आवश्यक कारवाहीका लागि मूल भन्सार कार्यालय भिट्ठामोड पठाइएको छ।

 

चौध लाख जरिवाना असुल

नेपाल विद्युत् प्राधिकरण शाखा जलेश्वर वितरण केन्द्रले विद्युत् चोरी गर्नेबाट रु १४ लाख जरिवाना असुल गरेको छ। नेपाल विद्युत् प्राधिकरण शाखा जलेश्वर वितरण केन्द्रका प्रमुख माधवेन्द्र यादवका अनुसार चालू आवको ६ महिनामा जिल्लामा विद्युत् चोरी गर्ने १५८ जनालाई कारवाही गरी सो रकम असुल गरिएको हो।

उनले जिल्लाको विभिन्न ठाउँमा हुकिङ, मिटरमा गडबडी र अन्य विभिन्न तरिकाले विद्युत् चुहावट गर्दै आएका व्यक्तिलाई वितरण केन्द्रबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीसँगै खटिएका विद्युत् चुहावट नियन्त्रण टोलीले पक्राउ गरी कारबाही गरेको हो। विद्युत् महसुल नबुझाउने ९४६ ग्राहकको लाइनसमेत काटिएको छ। जलेश्वर वितरण केन्द्र अन्तर्गत ५५ हजार ६७२ ग्राहक छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell