PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

नेपाल-युएई बीचको सिरिज अघि थाहा पाउनुस् यी जानकारी



गोविन्दराज नेपाल

नेपाल-युएई बीचको सिरिज अघि थाहा पाउनुस् यी जानकारी
FILE PHOTO : ACC

काठमाडौँ : यही शुक्रवारदेखि हुने युएई विरुद्धको सिरिजका लागि नेपालको राष्ट्रिय क्रिकेट टोली दुबई पुगिसकेको छ।

१० दिनको अवधीमा नेपालले युएईसँग ३ ओडिआई र ३ टी२० आई गरी ६ खेलको सिरिज खेल्दैछ।

पारस खड्काको कप्तानीमा रहेको नेपाली टोलीमा यस पटक १६ जना खेलाडी छन्। यस्तै घरेलु टोली युएईले फास्ट बलर मोहम्मद नाभिदको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरिसकेको छ।

 

नेपाल र युएई विरुद्धको सिरिजअघि थाहा पाउनेपर्ने जानकारीहरु

नेपालको दोस्रो ओडिआई सिरिज

युएईविरुद्धको ओडिआई सिरिज नेपालको लागि दोस्रो ओडिआई सिरिज हुनेछ। यसअघि गत अगष्टमा नेपालले नेदरल्याण्ड्ससँग २ खेलको ओडिआई सिरिज खलेको थियो। नेपालको उक्त ऐतिहासिक सिरिजमा नेपालले एक खेल जित्यो। पहिलो खेलमा हार बेहोरेको नेपालले दोस्रो खेलमा डच टोली विरुद्ध १ रनको रोमाञ्चक जित निकाल्दै सिरिज बराबरी गरेको थियो।

गत मार्चमा जिम्बावेमा भएको वर्ल्डकप क्वालिफायरमा एसोसिएटतर्फ उत्कृष्ट तीनमा पर्दै नेपालले ४ वर्षका लागि ओडिआईको मान्यता पाएको हो।

नेपालले एउटै देशसँग ओडिआई र टी २० आई सिरिज खेल्न लागेको यो पहिलो पटक हो। यस्तै टी२०आईमा दुइपक्षिय सिरिज खेल्न लागेको पनि पहिलो पटक हो। गत जुलाईमा नेपालले लर्ड्समा एमसीसी र नेदरल्याण्ड्स सम्मिलित त्रिकोणात्मक टी २० सिरिज खेलेको थियो। उक्त सिरिजमा नेपाल र डच बीचको खेलले टी २० आई मान्यता पाएपनि उक्त खेल वर्षाले पुरा हुन पाएन।

यसैगरी नेपालले ओडिआई मान्यता पाएपछि युएई विरुद्ध खेल्न लागेको दोस्रो पटक हो। एसिया कप छनोटमा नेपाल र युएईबीच खेल भएको थियव। नेपाल ७८ रनले पराजित भएको उक्त खेलले ओडिआई मान्यता पाएको थियो।

 

चार खेलाडी नयाँ

यस पटक नेपाली टोलीमा चार नयाँ अनुहार छन्। भिम शार्की, पवन सर्राफ, सन्दिप जोरा र अभिनाश बोहराले पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका हुन्।

एकै पटक दुई फर्म्याटको खेल खेल्न लागेको नेपालले १६ सदस्यी टोली युएई लगेको हो। त्यसले गर्दा एकै पटक चार नयाँ खेलाडीले मौका पाएका छन्। 

चारमध्ये पवन स्पिन बलिङ अलराउण्डर हुन्। यस्तै भिम र जोरा ब्याटिङमा राम्रो छन् भने यी दुईको फिल्डिङ एक्सलेन्ट छ। यस्तै अभिनाश डेथ ओभरमा बलिङ गर्न विशेष मानिन्छन्।

 

 

शरद र ललित छैनन् नेपाली टिममा

चार नयाँ खेलाडी एकै पटक टिममा पर्दा राष्६रिय टिमका नियमित दुई खेलाडी भने युएई ६रमा छैनन। ब्याट्सम्यान शरद भेषावकर विरामी परेका कारण टिमबाट नाम फिर्ता लिएका थिए। यस्तै फास्ट बलर ललित सिंह भण्डारी भने टिममा अटाएनन्। उनको स्थानमा अभिनाशल टिममा पर्न सफल भएका हुन्।

 

ओडिआईमा डेब्यु गर्न बाँकी ७ खेलाडी, टी२०आईमा डेब्यु गर्न बाँकी ४ खेलाडी

चार नयाँ खेलाडीहसित १६ सदस्यी नेपाली टोलीमा रहेका मध्ये ७ खेलाडीले ओडिआईमा डेब्यु गर्न बाँकी छन्। राष्ट्रिय टिमबाट खेलिसकेका विनोद भण्डारी, प्रदिप ऐरी र ललित नारायण राजवंशीले पनि ओडिआईमा डेब्यु गर्ने तयारीमा छन्। विनोद र प्रदिप विकेटकिपर ब्याट्सम्मयान हुन् भने राजवंशी स्पिनर हुन्।

नेदरल्याण्ड्स विरुद्ध सिरिजका लागि टिममा रहेपनि राजवंशीले डेब्यु गर्न पाएका थिएनन्। यस्तै विनोद र प्रदिप भने ओडिआई सिरिज खेल्ने टिममा पहिलो पटक परेका हुन्। नयाँ खेलाडीहरु भिम, पवन, सन्दिप जोरा र अभिनाशले भने राष्ट्रिय टिम, ओडिआई र टी२०आई सबैमा डेब्यु गर्न बाँकी छ।

 

हुनेछैनन् युएईका कप्तान मुस्ताफार र अन्य दुई खेलाडी

नेपाल विरुद्धको सिरिजका लागि घरेलु टोली युएईका नियमित कप्तान रोहन मुस्ताफासहित ३ खेलाडी हुने छैनन्। इमिर्जिङ एसिया कप दौरान प्रतियोगितालाई लिएर सामाजिक सञ्जालमा असन्तुष्टि जनाएका कारण मुस्ताफासँगै रहेमद राजा र रहेमद शेहजाद ८ साताको प्रतिवन्धमा छन्। यस्तै अर्का ब्याट्सम्यान एडनान मफ्टीले सन्यास लिइसकेकाले नेपाल विरुद्ध हुनेछैनन्।

प्रतिवन्धमा रहेका मुस्ताफा (बीच) र अहेमद राजा (दायाँ)

यी महत्वपूर्ण खेलाडीको अनुपस्थितमा युएईको कप्तानी नाभिदले गर्न लागेका हुन् भने अन्य नयाँ खेलाडी राष्ट्रिय टिममा छन्।

नेपाललाई सिरिज जित्ने अवसर

युएईको महत्वपूर्ण खेलाडी नभएकोले यस पटक नेपालसामु सिरिज जित्ने अवसर छ। यदी नेपालले ३ खेलको ओडिआई सिरिज जितेमा नेपालको पहिलो ओडिआई सिरिज जित समेत हुनेछ। प्रशिक्षक जगत टमाटाले युएई विरुद्धको सिरिज चुनौतीपूर्ण भएपछि नेपाली टिमले राम्रो प्रदर्शन गर्ने हो भने जित्न सक्षम रहेको बताएका थिए।

पछिल्लो पटक एसिया कप छनोटमा नेपाल विरुद्ध अर्धशतक बनाएका मफ्टीले सन्यास लिइसकेका छन्। यस्तै ४ विकेट लिएका बलर राजा पनि प्रतिवन्धका कारण यसपटक हुनेछैनन्।  

र्‍याङ्किङमा पर्न अवसर

झण्ड एक वर्षको अन्तरमा दोस्रो पटक ओडिआई सिरिज खेल्न लागेको नेपालको लागि युएई विरुद्धको सिरिज धेरै कारण महत्वपूर्ण छ। त्यसमध्ये एक हो र्‍याङ्किङमा पर्ने अवसर। नेपालले अहिलेसम्म ३ वटा ओडिआई खेल खेलेको छ। युएई विरुद्धको सिरिजपछि नेपालको खेलसंख्या ६ हुनेछ र अर्को थप ओडिआई सिरिज खेलेमा नेपाल औपचारिक रुपमा आइसीसीको ओडिआई र्‍याङ्किङमा पर्ने कप्तान पारस खड्काले बताएका छन्।

 

सिरिज जित्नेलाई १० हजार युएई दिराम

नेपाल र युएईबीचको सिरिजको लागि एमिरेट्स क्रिकेट बोर्डले नषद पुरस्कार समेत घोषणा गरेको छ। सिरिजलाई एएनआईबीले प्रायोजन समेत गरेको छ। र सिरिजको नाम नै एएनआइआी च्यालेन्ज सिरिज नाम दिइएको छ। नेपाल र युएईबीचको सिरिज जिन्ते टोलीले १० हजार दिराम पुरस्कार पाउनेछन्। उक्त रकम नेपालीमा कन्भर्ट गर्दा करिब ३ लाख १० हुनेछ।


हेड टु हेड

नेपाल र युएईबीच यसअघि एक मात्र ओडिआई खेल भएको छ। एसिया कप छनोटमा भएको उक्त खेल युएईले ७८ रनले जितेको थियो।

त्यसअघि भने नेपाल र युएईबीच १४ खेल भएका थिए। जसमा युएईले १० खेल जित्दा नेपालले ३ खेल मात्र जितेको थियो भने एक खेल टाई भएको थियो।

नेपाल र युएईबीच समग्रमा अहिलेसम्म १५ खेल भएका छन् भने युएईले ११ खेल जितेको छ।

नेपाल युएईबीचको खेलतालिका:

२५ जनवरी (माघ ११) :  पहिलो ओडीआई

२६ जनवरी (माघ १२) : दोस्रो ओडीआई

२८ जनवरी (माघ १४) :  तेस्रो ओडीआई

३१ जनवरी (माघ १७) : पहिलो टि-२०आई

१ फेब्रुअरी (माघ १८) :  दोस्रो टि-२०आई

३ फेब्रुअरी (माघ २०) :  तेस्रो टि-२०आई

 

नेपाली टोली :

पारस खड्का (कप्तान), अभिनाश बोहोरा, बसन्त रेग्मी, भिम सार्की, विनोद भण्डारी, दिपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललित नारायण राजवंशी, आरिफ शेख, पवन सर्राफ, प्रदिप ऐरी, रोहित कुमार पौडेल, सन्दिप लामिछाने, सोमपाल कामी, सन्दिप जोरा


युएईको टोली:

मोहम्मद नाभिद (कप्तान), मोहमद उस्मान (उप-कप्तान), अस्फाक अहमद, चिराग सुरी, साइमन अनवर, मोहम्मद बुता, घुलाम शाबर, इमरान हैदर, ताहिर गुघद, अमिर हायत, जाहुर खान, क्वादिर अहमद, फहद नवाज, खब्दुर शाकुर, सुल्तान अहमद, सीपी रिजवान

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell