PahiloPost

Jul 25, 2025 | १० साउन २०८२

कान्तिपुर फिल्म एकेडेमीका २६ विद्यार्थी दीक्षित



पहिलोपोस्ट

कान्तिपुर फिल्म एकेडेमीका २६ विद्यार्थी दीक्षित

काठमाडौं:  फिल्म सम्बन्धी अध्यापन गराइने स्कुल कान्तिपुर फिल्म एकेडेमीले विद्यार्थीहरुले बनाएका सर्ट फिल्म प्रदर्शन गरेको छ। एकेडेमीले उक्त दिन नै दोश्रो दीक्षान्त कार्यक्रम पनि सम्पन्न गर्‍यो।

कार्यक्रममा फिल्म एक्टिङ र मेकिङमा एक बर्षे डिप्लोमा कोर्ष सकाएका २६ जना विद्यार्थी दीक्षित भए। दीक्षित भएका विद्यार्थीहरुले बनाएको ९ फिल्महरु प्रदर्शन गरिएको थियो। 

हेम प्रभासको ‘द मास्क’, दिपेश याक्सोको ‘तिम्मक’, रीमा थापाको ‘व्युत्क्रमो’, उदय अधिकारीको ‘पाथ टु हेल’, राजदीप लामाको ‘ग्याङ्गस अफ काठमाडौं’, ईश्वरी आचार्यको ‘बुद्ध, आईज एण्ड बिटवीन’, उद्धव दंगालको ‘लोङ्गवा’, रविन्द्र श्रेष्ठको ‘रियल कोईन्स’ र दिपेन्द्र मल्लको ‘पद्मा’ प्रदर्शन गरिएका फिल्महरु हुन्।

निर्माता तथा एकेडेमीका अध्यक्ष छविराज ओझा, निर्देशक/कलाकार दीपाश्री निरौला, निर्देशक उज्वल घिमिरे र निर्माता केशव भट्टराईले विद्यार्थीहरुलाई प्रमाण पत्र वितरण गरेका थिए। कार्यक्रममा ज्ञानेन्द्र देउजा, गोपाल काजी कायस्थ, नवल नेपाल, पुष्प खड्का, दिपक बज्राचार्य, सुवर्ण थापा, बिष्णु कल्पित, प्रदीप भारद्धाज, विप्लप उप्रेती, जिपी तिमील्सीना, कृष्ण काफ्लेलगायत अन्य उपस्थित थिए।

 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell