PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

दुई दिवसीय 'काठमाडौँ क्रिकेट लिग' हुने



पहिलोपोस्ट

दुई दिवसीय 'काठमाडौँ क्रिकेट लिग' हुने

काठमाडौँ : नेपालमै पहिलो पटक दुई दिवसीय क्रिकेट प्रतियोगिता हुने भएको छ। हिमालयन स्पोर्ट्स म्यानेजमेन्टले दोस्रो संस्करणको काठमाडौँ क्रिकेट लिग (केसीएल) लाई दुइ दिवसीय फर्म्याटमा संञ्चालन गर्न लागेको हो।

झन्डै ४ वर्ष अघि २०१५ मा काठमाडौँमा ५० ओभरको फर्म्याटमा पहिलो संस्करणको काठमाडौँ क्रिकेट लिग आयोजना भएको थियो।

अहिले त्यही नाममा दुई दिवसीय प्रतियोगिताको घोषणा भएको हो।

हिमालय स्पोर्ट्स म्यानेजमेन्टको आयोजना र ग्रेट हिमालय क्रिकेट एकेडेमीको सह-आयोजक यस प्रतियोगिता हुनेछ।

प्रतियोगितामा ६ वटा टिमलाई सहभागी गराउने र १८ दिन प्रतियोगिताको अवधि रहने आयोजकमध्ये एक ग्रेट हिमालय क्रिकेट एकेडेमीका निर्देश सुदिप शर्माले जानकारी दिए।

उनले धनगढीमा हुने डीपीएलपछि प्रतियोगिता सुरु गर्नेगरी तयारी गरिरहेको बताए। 'यसमा विभागीय टोली र केही एकेडेमीहरुको सहभागिता हुनेछ। डीपीएलपछि आयोजना गर्ने गरी तयारी भइरहेको छ।'

शर्माले काठमाडौँको टीयू इन्टरनेशनल ग्राउण्ड र मुलपानी क्रिकेट ग्राउण्डमा प्रतियोगिता गर्ने जानकारी दिए।

गत मंसिर मनमोहन स्मृति कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताअघिको पत्रकार सम्मेलन राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्टले पनि दुई दिवसीय प्रतियोगिता राखेपले छिट्टै आयोजना गर्ने बताएका थिए।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell