
काठमाडौं: फिल्म 'बद्री बहादुर' बन्ने भएको छ। शोभित बस्नेतको निर्देशनमा फिल्म बन्ने भएको हो। फिल्ममा बस्नेत पुत्र सलोनको मुख्य अभिनय रहनेछ।
निर्माण टिम माघ ११ गतेदेखि छायाँकनमा जाने बताइएको छ।
ए.बि. पिक्चर्स फार्म र सलोन सलिना फिल्मको ब्यानरमा बन्ने फिल्ममा छुल्ठिम गुरुङ, जय किसन बस्नेत, धिरेन शाक्य, शोभित बस्नेत, लय संगौला, एलिना रायमाझी, उत्तम केसीलगायतको अभिनय रहनेछ।
फिल्ममा सलोनसँगै अभिनेत्री पुजा शर्माको मुख्य भुमिका रहने निर्माण टिमले जनाएको थियो। तर पूजा शर्माले जानकारीको खण्डन गरेकी छिन्। उनले आफूले फिल्मको एक गीती भिडियोमा मात्र देखिने सहमती भएको भन्दै फेसबुकमा लेखेकी छिन्।
फिल्मबाट राजिवजंग बस्नेत र एलिना गुरुङले डेब्यू गर्दैछन्। सोभितले यसअघि छोरा सलोनलाई लिएर बनाएको फिल्म 'बाबु कान्छा' बक्सअफिसमा फ्लप भयो। अब, बाबु छोराको यो दोस्रो प्रयास कस्तो रहला त्यो त फिल्म बनेपछि नै थाह हुनेछ।
टंक बुढाथोकी र उजन नेम्वाङको संगीत, रामकाजी घिमिरेको कथा, शंकर महर्जनको द्वन्द्व रहनेछ। फिल्ममा बिनोद सापकोटाको छायांकन तथा समिर मिया सम्पादन रहनेछ। लमजुङ, धरानलगायतको ठाउँमा छायाँकन गरिने फिल्म कमेडी विधाको हुनेछ।