PahiloPost

Nov 24, 2024 | ९ मंसिर २०८१

सिमरा गोल्डकप : भरत खवासको निर्णायक गोलमा आर्मी फाइनलमा



राधेश्याम पटेल

सिमरा गोल्डकप : भरत खवासको निर्णायक गोलमा आर्मी फाइनलमा

सिमरा : यस सिजन लगातार दोस्रो नकआउट फुटबल प्रतियोगिताको उपाधि जित्ने योजनामा रहेको विभागीय टोली त्रिभुवन आर्मी १०औँ सिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।

बुधवार भएको पहिलो सेमिफाइनलमा आर्मीले नव जनजागृति युवा क्लबलाई १-० ले पराजित गरेको हो।

सिमरा रंगशालामा भएको खेलमा भरत खवासले दोस्रो हाफमा गरेको एक मात्र गोल आर्मीलाई जिताउन निर्णायक बन्यो। भरतले ५०औँ मिनेटमा डि एरिया बाहिरबाट भलिमार्फत उत्कृष्ट गोल गरेका थिए।

आर्मी यस सिजन लगातार तेस्रो प्रतियोगितामा फाइनल पुगेको हो। पाँचथरमा भएको वर्षको पहिलो नकआउट गोल्डकपको फाइनलमा झापा एघारसँग पराजित हुँदै उपविजेता बनेको आर्मी विशाल गोल्डकपको च्याम्पियन बनेको थियो।

अब आर्मीले उपाधीका लागि ए डिभिजनका दुई क्लब थ्री स्टार र हिमालयन शेर्पाबीचको विजेतासंग खेल्नेछ। दोस्रो सेमिफाइनल बिहीवार हुनेछ।

प्रतियोगिताको विजेताले ६ लाख र उपविजेताले ३ लाख नगद हात पार्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell