काठमाडौँ : युएई विरुद्ध ओडिआई र टी२०आई क्रिकेट सिरिज खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली मंगलवार दुबई पुगेको थियो।
बुधवार नेपाली टोलीले पहिलो पटक अभ्यास समेत गरेको छ। नेपाल र युएईबीच ३ ओडिआई र ३ टी २०आई हुनेछ।
यही शुक्रवार नेपाल र युएईबीच पहिलो ओडिआई खेल हुँदैछ।
गत मार्चमा पहिलो पटक ओडिआई मान्यता पाएपछि नेपालले दवस्रो पटक ओडिआई सिरिज खेल्न लागेको हो। गत अगष्टमा नेपालले नेदरल्याण्ड्ससँग २ खेलको ओडिआई सिरिज खेलेको थियो। उक्त सिरिज १-१ को बराबरीमा सकिएको थियो।
फोटो सौजन्य : रमन शिवाकोटी