PahiloPost

Jul 24, 2025 | ९ साउन २०८२

माघ १८ मा एकसाथ भिड्दै 'गोपी', 'रणवीर' र 'सयकडा दश'



पहिलोपोस्ट

माघ १८ मा एकसाथ भिड्दै 'गोपी', 'रणवीर' र 'सयकडा दश'

काठमाडौं: फिल्म 'सयकडा दश' माघ १८ गतेदेखि प्रदर्शनमा आउने फिल्म हो। यहि मितिमा अन्य दुई नेपाली फिल्मले रिलिज टार्गेट गरेका छन्। 'गोपी' र 'रणवीर' प्रदर्शनमा आउने दुई फिल्महरु हुन्।

'सयकडा दश'ले भ्रष्टाचार भर्सेस प्रेमको कथा समेटेको बताइएको छ। उता, दीपेन्द्र लामा निर्देशित 'गोपी'ले एमए पढेर गाई पालनमा सक्रिय एक युवाको कथा समावेश गरेको छ। 'रणवीर'ले प्रेम द्वन्द्व एवं समाजको विसंगतीलाई देखाउन खोजिएको बताइएको छ। फिल्ममा सुशील सिटौला र शुभेच्छा खड्काको मुख्य अभिनय छ।

अमृत ढुङ्गाना र करुणा श्रेष्ठको स्क्रिन जोडी 'सयकडा दश' देख्न सकिन्छ। त्यस्तै, 'गोपी'ले भने वर्षा राउत र विपिन कार्कीसँगै सुरक्षा पन्तको केमेस्ट्री देखाउन खोजेको छ।

रामशरण पाठकले 'सयकडा दश' अघि 'प्रेमगीत २' निर्देशन गरेका थिए। गोविन्द सिंह भण्डारीले भने 'रणवीर' मार्फत नै निर्देशनमा डेब्यू गरेका हुन्। दीपेन्द्रले यसअघि 'घामपानी'बाट निर्देशनको अनुभव बटुलिसकेका छन्। चैत १५ मा रिलिज गर्ने भनिएको 'गोपी' सरेर माघ १८ मा आएको हो।

एकसाथ एउटै मितिमा प्रदर्शनमा आउने तीन फिल्ममा कसले बाजी मार्ला? त्यो त फिल्म प्रदर्शनपछि नै थाह हुनेछ। दर्शक र हलका लागि भने तीन फिल्मको भिडन्त पक्का छ। अहिले फिल्मका टिमहरु प्रचारमा व्यस्त छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell