
स्पानिस कोपा डेल रे'मा बार्सिलोना पराजित भएको छ। क्वाटरफाइनलको पहिलो लेगमा बार्सिलोनालाई सेभियाले २-० ले पराजित गरेको हो।
नियमित कप्तान लियोनल मेसीबिनै मैदान उत्रेको बार्सिलोनाले दुबै गोल दोस्रो हाफमा खाएको थियो।
घरेलु मैदानमा सेभियाका लागि पाब्लो सराबिया र विसम वेन इडरले दोस्रो हाफमा गोल गरे। बार्सिलोनाले दोस्रो हाफमा लुइस सुअरेज र फिलिप काउटिन्होलाई मैदान प्रवेश गराए पनि गोल गर्न सकेनन्। जेरार्ड पिकेको कप्तानीमा खेलेको बार्सा टिमममा अधिकांश दोस्रो रोजाईका खेलाडी थिए।
दुई दिनअघिमात्र क्लब भित्रिएका केभिन प्रिन्स बोएटेङले यही खेलमा बार्सिलोनाका लागि डेब्यू गरका छन्।
अब दोस्रो लेग जनवरी ३१ मा बार्सिलोनाको मैदानमा हुनेछ।