PahiloPost

Jul 24, 2025 | ९ साउन २०८२

अति कम विकसित मुलुकका लागि कानुनमा आधारित व्यापार प्रणाली आवश्यकः प्रम ओली



पहिलोपोस्ट

अति कम विकसित मुलुकका लागि कानुनमा आधारित व्यापार प्रणाली आवश्यकः प्रम ओली

  • तीर्थ भट्टराई-

डाभोस प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालजस्ता अतिकम विकासित तथा भूपरिवेष्ठित मुलुकको चासो र अभिरुचि प्रवर्द्धन0 र संरक्षण गर्न बहुलवादिता तथा कानुनमा आधारित अन्तर्राष्ट्रिय व्यापार प्रणालीको आवश्यकतामा जोड दिएका छन्।

स्वीट्जरल्याण्डमा विश्व आर्थिक मञ्च अन्तर्गत ‘विश्वका आर्थिक नेताहरुको अनौपचारिक भेला’मा प्रधानमन्त्री ओलीले उक्त कुरामा जोड दिएका हुन्।

“हामीले थाहा पाएजस्तै विश्व व्यापार अन्त्य भएको हो त” भन्ने प्रश्न उक्त सत्रमा राखिएको थियो। उनले जी–२० मुलुकका नेता तथा प्रमुख व्यावसायिक व्यक्तिहरुसँग पनि भेटवार्ता गरे।

प्रधानमन्त्री ओलीले स्वीस औषधि उत्पादक संस्था नोभार्टिसका प्रमुख कार्यकारी अधिकृत वसन्त नरसिंह तथा केपीएमजीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत अरुण कुमारसँग भेट गरी नेपालको प्राथमिकता क्षेत्रमा सम्भावित लगानीका विषयमा छलफल गरे।

अर्थमन्त्री डा युवराज खतिवडाले विश्व आर्थिक मञ्चको ‘कूल गार्हस्थ उत्पादनभन्दा बढी’ विषयक सत्रमा भाग लिए। उनले नेदरल्याण्डको आर्काडिस कम्पनीका निर्देशक क्यारोलिन गेरेल्ससँग भेट गरी नेपालमा लगानी तथा तथा विकास सहयोगका विषयमा छलफल गरे।

यसैबीच परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले संयुक्त राष्ट्रसङ्घको शरणार्थीका लागि उच्चायुक्त फिलिपो ग्रान्डीसँग भेट गरी नेपालमा शरणार्थीका साथै शरणार्थीको विश्वव्यापी प्रभावका विषयमा छलफल गरे।

प्रधानमन्त्रीको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलका अन्य उच्चपदस्थ अधिकारीहरुले विश्व आर्थिक मञ्चमा भाग लिइरहेका विभिन्न सरकारी तथा व्यापारिक नेताहरुसँग भेट गरी नेपालमा नीति, योजना तथा प्राथमिकताका विषयमा छलफल गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell