PahiloPost

Jul 24, 2025 | ९ साउन २०८२

निशान र मिनाको स्वरमा 'शुभ लभ'को टाइटल गीत



पहिलोपोस्ट

निशान र मिनाको स्वरमा 'शुभ लभ'को टाइटल गीत

काठमाडौं:  फिल्म 'शुभ लभ'को टाइटल गीत सार्वजनिक भएको छ। फिल्मको 'शुभ लभ' बोलको सार्वजनिक भएको हो। गीतमा फिल्मका मुख्य अभिनेता हरिहर अधिकारी र क्रिस्टिन पौडेल फिचर्ड छन्।

गायक निशान भट्टराई र मिना सिंहले गाएको गीतमा अर्जुन पोख्रेलको शब्द र संगीत छ। गीतको भिडियोमा रामजी लामिछानेको कोरियोग्राफी छ। गीतमा रेनिश फागोको रंग संयोजन छ।

बनिष शाह र भुपेन्द्र अधिकारीले सम्पादन गरेको फिल्मलाई सन्तोष बाबु लोहनीले निर्देशन गरेका हुन्। चैत १५ गतेदेखि प्रदर्शनमा आउने फिल्ममा राजाराम पौडेल, सरोज खनाल, रविन्द्र झा, प्रदीप बास्तोलालगायतको अभिनय छ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell