PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

कंगना रनावत : करनी सेनासँग माफी माग्दिन



पहिलोपोस्ट

कंगना रनावत : करनी सेनासँग माफी माग्दिन

निर्माण सुरु भएदेखि नै विवादमा परेको फिल्म हो 'मणिकर्णिका : द क्वीन अफ झाँसी'।

फिल्ममा अभिनेत्री कंगना रनावतको मुख्य अभिनय छ। बलिउडमा प्रतिक्षित मानिएको फिल्म माघ ११ गतेदेखि प्रदर्शनमा आउँदै छ।

'पद्मावत' प्रदर्शन ताका फिल्मलाई करनी सेनाले बहिस्कार गरेको थियो।

सेनाले 'मणिकर्णिका'को पनि विरोध गर्दै आइरहेको छ। फिल्ममा झाँसीकी रानीलाई गलत तरिकाले प्रस्तुत गरिएको र इतिहासलाई तोडमोड गरेको आरोप सेनाको छ। सेनाले फिल्म निर्माण टिमलाई माफी माग्ज र गलत दृश्य हटाउन भनेको छ।

तर फिल्ममा कुनै गलत कुरा नदेखाएको बताउँदै कंगनाले करनी सेनासँग माफी नमाग्ने बताएकी छिन्। हालै फिल्म प्रचारको क्रममा उनले भनेकी थिइन् 'म कसैसँग माफी माग्दिन। बिना गल्त मैले कहिले पनि माफी मागेको छैन।'

फिल्ममा उनले झाँसीकी रानीको अभिनय गरेकी छिन्। फिल्म नेपालमा पनि प्रदर्शनमा आउँदैछ। फिल्मले मल्टिप्लेक्समा सर्वाधिक सो पाएको छ।


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell