PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

यस्तो बन्यो सुरज थापाको नयाँ गीत 'हे बरै आएन परदेशी'



पहिलोपोस्ट

यस्तो बन्यो सुरज थापाको नयाँ गीत 'हे बरै आएन परदेशी'

काठमाडौं: नेपाल आइडल पहिलो सिजन'को शीर्ष ६ बाट बाहिरीएका गायक सुरज थापाले नयाँ गीत सार्वजनिक गरेका छन्। हालै, उनले 'हे बरै आएन परदेशी'बोलको गीत सार्वजनिक सार्वजनिक गरेका छन्।

सुरजको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको गीतलाई दर्शकले रुचाएका छन्। उनले आफ्ना परिवारलाई भिडियोमा फिचर्ड गराएका छन्। गीतको भिडियोलाई उनले नै निर्देशन गरेका हुन्। कोहलपुर चिसापानीतिरको गाउँमा गीतको भिडियो छायाँकन गरिएको हो। गीतमा  हुमागाईंको छायाँकन र विकास दाहालको सम्पदान छ|

सुरजकै शब्द र संगीत रहेको गीतमा धर्म गन्धर्वको सारङ्गी धुन सुन्न सकिन्छ। भिडियोमा उनका बुवा मनबहादुर थापा, जेठो बुवा कविराम थापा,  आमा दिलमाया थापा, दाइ चन्द्र बहादुर थापालगायतको अभिनय छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell