PahiloPost

Jul 23, 2025 | ८ साउन २०८२

नेपाली नेत्रहीन महिला क्रिकेटरको लक्ष्य : पाकिस्तान विरुद्ध सिरिज जित्ने



पहिलोपोस्ट

नेपाली नेत्रहीन महिला क्रिकेटरको लक्ष्य : पाकिस्तान विरुद्ध सिरिज जित्ने

काठमाडौं : नेपालको राष्ट्रिय नेत्रहीन महिला क्रिकेट टोलीले पहिलो पटक आयोजना हुन लागेको नेपाल र पाकिस्तानको महिला नेत्रहीन क्रिकेट टोलीबीचको सिरिज जित्ने लक्ष्य राखेको छ।

बिहीवार भएको बिदाइ कार्यक्रममा टिमका प्रशिक्षक र कप्तानले पाकिस्तान विरुद्धको ५ खेलको सिरिज जित्ने बताएका हुन्।

पाकिस्तान नेत्रहीन क्रिकेट परिषदले आयोजना गर्ने सिरिजमा ५ खेल हुनेछ। सिरिज माघ १३ देखि २३ गते सम्म पाकिस्तान तीन फरक शहरमा हुँदैछ।

नेपालको नेत्रहीन महिला क्रिकेट टोलीले पहिलो पटक विदेशमा गएर खेल्न लागेको हो।

शनिबार पाकिस्तान जाने नेपाली टोलीलाई बिहीवार नेत्रहीन क्रिकेट संघले बिदाइ गरेको हो। राष्ट्रिय खेलकुद परिषद् उपाध्यक्ष पिताम्बर तिमल्सिना लगायतले शुभकामनासहित बिदाइ गरे।

नेपाली नेत्रहीन महिला क्रिकेट टोलीकी कप्तान भगवती भट्टराईले यस पटक राम्रो तयारी गरेकोले पाकिस्तान विरुद्धको सिरिज जित्ने लक्ष्य रहेको बताइन्।

'पहिलो पटक विदेशमा सिरिज खेल्न जाँदैछौँ। हामी एकदमै उत्साहित छौँ। तयारी पनि सोचेको जस्तो भएको छ। नयाँ खेलाडीहरुले पनि राम्रा छन्। सिनियर र जुनियरको मिश्रण छ। उनले भनिन्, हाम्रो बलिङ र ब्याटिङमा राम्रो छ। फिल्डिङमा पनि सुधार आएको छ।' भट्टराईले भनिन्।

यस्तै पुरुष नेत्रहीन क्रिकेटको प्रशिक्षक रहिसकेका रिजन प्रजुले यस पटक लामो समयमको तयारी गरेकाले पाकिस्तान विरुद्धको सिरिज जित्ने बताए। 'हामीले सिरिजकै लागि भनेर यस पटक लामो समय तयारी गरेका छौँ। चार वर्षअघि बेलायत विरुद्धको सिरिज पनि ३-० ले जितेका थियौँ। यस पटक पनि पाकिस्तान विरुद्धको सबै खेल जित्दै सिरिज जित्ने लक्ष्य छ।' प्रजुले भने।

यस्तै उनले पाकिस्तानको नेत्रहीन महिला क्रिकेट टोली नयाँ भएपनि कमजोर भने नलिने बताए। 'उनीहरु नयाँ टिम भएपनि हामी हल्का रुपमा लिन्नौँ। पाकिस्तानले घरेलु मैदानमा खेल्न राम्रो तयारी गरेको छ र उनीहरुको सेवा सुविधा पनि राम्रो छ। प्रशिक्षक प्रजुले विपक्षी बारे भने।

यस्तै नेपाल नेत्रहीन क्रिकेट संघका अध्यक्ष पवन घिमिरेले पहिलो पटक विदेशमा गएर खेल्न नेपाली नेत्रहीन महिला क्रिकेट टोली उत्साहित रहेको बताए। 'हामीसँग अनुभव र साहस छ, पाकिस्तानको लगानी राम्रो छ। तर हामी अनुभवले पाकिस्तानलाई हराउन सक्छौँ।' पाकिस्तान जाने नेपाली टिमको लिडर समेत रहेका घिमिरेले भने।

नेपाली टोली:

भगवती भट्टराई बराल (कप्तान) भगवती अमगाई, मनकेसी चौधरी, सुश्मा तामाङ, आशिका डगौरा आशा रेग्मी, गीता पौडेल, विनिता पुन, हिता गुरुङ, मुना अर्याल, रिता देवी थापा, सरीता घिमिरे, विमला राई, आयुष्मा क्षेत्री, भुमा खरेल

 

पाकिस्तान टोली :

सबा गुल, अक्सा आरिफ, बुस्रा जाहुर, सुम्माया मुम्ताज, अनिला शाहजादी, सादिया खादिल, मेहविस रफिक, निमरा रफिक, रबिअ जाखेद हस्मही, निशा बाक्स, बिस्मा हुसेन, तयावा फतिमा, रबिअ शाहाजादी (कप्तान), किरन रफिक, इमरान शाहजादी

 

सिरिज तालिका:

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell