PahiloPost

Jul 23, 2025 | ८ साउन २०८२

भोलि कांग्रेसले फेरि संसद अवरुद्ध गर्ने, संवैधानिक नियुक्तिप्रति असहमति



पहिलोपोस्ट

भोलि  कांग्रेसले फेरि संसद अवरुद्ध गर्ने, संवैधानिक नियुक्तिप्रति असहमति

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भोलि पुनः प्रतिनिधि सभा बैठक अवरुद्ध गर्ने भएको छ।

पार्टीका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्रीहरुको नाममा रहेका अस्पताललाई केन्द्र मातहत नराखेको भन्दै कांग्रेसले संसद अवरुद्ध गर्दै आएको छ।

सोही विषयमा यसअघि कांग्रेसले दुई पटक प्रतिनिधि सभा अवरुद्ध गरिसकेको छ भने एक पटक राष्ट्रिय सभाको बैठक अवरुद्ध गरेको छ।


पार्टी केन्द्रीय कार्यालयमा आज बसेको कांग्रेसको केन्द्रीय समितिले भोलिको प्रतिनिधि सभा बैठक अवरुद्ध गर्ने निर्णय लिएको नेता रामकृष्ण यादवले पहिलोपोस्टलाई बताए।

‘सरकारले निर्णय नसच्याएसम्म संसदमा हाम्रो अवरोध जारी रहनेछ,’ यादवले भने, ‘केन्द्रीय समिति बैठक जारी छ। अब माघ १३ गते पुनः बस्नेछ।’


संसदमा सभामुखले धक्कामुक्की गराउने प्रयास गराएको आरोप लगाउँदै केन्द्रीय समिति बैठकमा छलफल भएको पनि उनले बताए।


यसैगरी आजको केन्द्रीय समिति बैठकमा संवैधानिक आयोगका लागि एकलौटी नियुक्ति प्रक्रिया अगाडि बढाएकोमा विरोध जनाएको छ। यस विषयमा सरकारसँग छलफल गर्ने कुरा केन्द्रीय समितिमा उठेको यादवले बताए।

प्रमुख प्रतिपक्षी नेता शेरबहादुर देउवाको अनुपस्थितिमा संवैधानिक परिषद्को बैठकले विभिन्न संवैधानिक आयोगका अध्यक्ष सिफारिश गरेको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell