
काठमाडौं : फिल्म 'यात्रा अ म्यूजिकल भ्लग'को पोस्टर सार्वजनिक गरिएको छ। तीन पोस्टरमा फिल्मका मुख्य अभिनेता सलिनमान बनियाँ र मालिका महत फिचर्ड छन्।
फिल्ममा सलोन बस्नेत, जान्वी बस्नेत, जयनन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाललगायतको अभिनय छ। फिल्ममा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय छ। सम्राट शाक्यको डेब्यू निर्देशनमा बनेको फिल्मलाई केशव भट्टराई र सुशील पोखरेलले संयुक्त रुपमा निर्माण गरेका हुन्।
कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड, क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण भएको फिल्ममा संजय लामाको छायाँकन, कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी, हिमाल केसीको द्वन्द र बनिष शाहको सम्पादन छ। फिल्म चैत २९ गतेदेखि प्रदर्शनमा आउँदैछ।