PahiloPost

Sep 23, 2026 | ७ असोज २०८३

सिमरा गोल्डकप : उपाधिका लागि थ्री स्टार र आर्मी भिड्ने



राधेश्याम पटेल

सिमरा गोल्डकप : उपाधिका लागि थ्री स्टार र आर्मी भिड्ने

वीरगंज : बाराको सिमरामा जारी दशौं रुस्लान सिमरा गोल्डपको फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र रुस्लान थ्रीस्टार टिमबिच हुने पक्का भएको छ।

सिमरा रंगशालामा बिहीवार भएको दोस्रो तथा अन्तिम सेमिफाइनल खेलमा थ्री स्टारले हिमालयन शेर्पा क्लबलाई १-० ले पराजित गर्दै आर्मीसंग उपाधि भिडन्त पक्का गरेको हो। फाइनल खेल शनिवार हुनेछ।

आर्मीले पहिलो सेमिफाइनलमा आयोजक क्लबलाई हराउँदै फाईनलमा स्थान बनाइसकेको छ।

थ्री स्टारको जितमा एक मात्र गोल अफ्रिकन खेलाडी फोडी फोफानाले गरे। उनले खेलको ७१औँ मिनेटमा विजयी गोल गरेका थिए।

खेलको म्यान अफ दि म्याच थ्री स्टारका कप्तान विक्रम लामा घोषित भए । उनले नगद दश हजारसहित ट्रफी हात पारे ।

प्रतियोगिताको विजेताले ६ लाख र उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell