PahiloPost

Jul 23, 2025 | ८ साउन २०८२

नेपाल-युएई सिरिजको ट्रफी सार्वजनिक: पहिलो ओडिआईको लागि तयार दुवै टिम



पहिलोपोस्ट

नेपाल-युएई सिरिजको ट्रफी सार्वजनिक: पहिलो ओडिआईको लागि तयार दुवै टिम
PHOTO : RAMN SHIWAKOTI

काठमाडौँ : नेपाल र युएईबीचको ३ खेलको ओडिआई सिरिज अन्तर्गत पहिलो खेल शुक्रवार हुँदैछ। युएईको घरेलु मैदानमा हुने ३ खेलको ओडिआई र ३ खेलको टी२०आई सिरिज खेल्न नेपाली टोली मंगलावारै युएई पुगिसकेको छ।

पहिलो खेलको लागि दुवै टोली तयार छन्। नेपाल पारस खड्का तथा युएई मोहम्मद नाभिदको कप्तानीमा खेल्दैछ। नियमित कप्तान रोहन मुस्ताफासहित ३ खेलाडी प्रतिवन्धमा रहेका कारण युए२को नेतृत्व फास्ट बलर नाभिदले गर्दैछन्।

एएनआईबी च्यालेन्स सिरिज २०१० नाम दिइएको सिरिजको शुक्रवार ट्रफी पनि सार्वजनिक भएको छ।

सिरिजअघि नेपालका कप्तान पारस खड्का र युएईका कप्तान नाभिदले ट्रफी सार्वजनिक गरेका हुन्।

३ खेलको ओडिआई र ३ खेलको टी२०आई सिरिज जित्ने टोलीले १० हजार युएई दिराम करिब ३ लाख नेपाली रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

पहिलो ओडिआई खेल युएईको स्थानिय समयअनुसार बिहान ९:३० (नेपाली समयअनुसार बिहान ११:१५) बजे सुरु हुनेछ।

खेल दुबईस्थित आइसीसी एकेडेमी क्रिकेट मैदानमा हुनेछ। युएईमा हुने नेपाली दर्शकले मैदानमै गएर प्रत्यक्ष खेल हेर्न पाउनेछन्। यस्तै एमिरेट्स क्रिकेट बोर्ड (इसीबी) का अनुसार खेलको प्रत्यक्ष प्रशारण बोर्डको सामाजिक सञ्जालबाट हुनेछ। तर कुनबाट हुने खुलाइएको छैन। सम्भवत बोर्डको फेसबुक वा युट्युवबाट प्रत्यक्ष प्रशारण हुनेछ।

 

नेपाल vs युएई पहिलो ओडिआई

मिति : २०७५ साल माघ ११ गते

स्थान : आइसीसी एकेडेमी क्रिकेट मैदान, दुबई

समयम : बिहान ९:३० बजे (नेपाली समय बिहान ११:१५ बजे)

 

नेपाली टोली :

पारस खड्का (कप्तान), अभिनाश बोहोरा, बसन्त रेग्मी, भिम सार्की, विनोद भण्डारी, दिपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललित नारायण राजवंशी, आरिफ शेख, पवन सर्राफ, प्रदिप ऐरी, रोहित कुमार पौडेल, सन्दिप लामिछाने, सोमपाल कामी, सन्दिप जोरा

 

युएईको टोली:

मोहम्मद नाभिद (कप्तान), मोहमद उस्मान (उप-कप्तान), अस्फाक अहमद, चिराग सुरी, साइमन अनवर, मोहम्मद बुता, घुलाम शाबर, इमरान हैदर, ताहिर गुघद, अमिर हायत, जाहुर खान, क्वादिर अहमद, फहद नवाज, खब्दुर शाकुर, सुल्तान अहमद, सीपी रिजवान



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell