PahiloPost

Jul 23, 2025 | ८ साउन २०८२

इएफए कप : टोटनहमलाई पेनाल्टीसुटआउटमा हारउदै चेल्सी फाइनलमा



पहिलोपोस्ट

इएफए कप : टोटनहमलाई पेनाल्टीसुटआउटमा हारउदै चेल्सी फाइनलमा

लण्डन डर्बीमा टोटनहमलाई पेनाल्टीसुटआउटमा ४-२ ले पराजित गर्दै चेल्सी इएफएल कपको फाइनलमा प्रवेश गरेको छ।

दुई लेगको सेमिफाइनलमा २-२ को बराबरीमा सकिएपछि खेलको निर्णय सुटआउटबाट भएको हो। पहिलो लेगमा टोटनहम १-० ले विजयी भएको थियो। दोस्रो लेग चेल्सीले २-१ ले जितेपछि समग्रमा नतिजा २-२ को स्थितीमा पुगेको थियो।

दोस्रो लेगमा चेल्सीका लागि एन गोलो कान्टे र एडेन हाजार्डले पहिलो हाफमा गोल गरेका थिए भने टोटनहमका लागि दोस्रो हाफमा फर्नान्डो लोरेन्टोले एक गोल फर्काएपछि खेल समग्रमा बराबरी भएको थियो।

चेल्सीका लागि पेनाल्टीसुटआउटमा विलियन, सेजार अज्प्लिकुएटा जर्जिन्हो र डेविड लुइजले गोल गरे। टोटनहमका क्रिस्टिएन एरिक्सन र एरिक लामेलाले मात्र गोल गरे भने एरिक डाएर लुकास माउरा गोल गर्न असफल भए।

चेल्सीले अब उपाधिका लागि म्यानचेष्टर सिटीसँग प्रतिस्पर्धा गर्नेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell