PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

डिपो मर्मतपछि बरौनीबाट भित्रिए ग्यास बुलेट, बजारमा सिलिन्डरको अभाव



राधेश्याम पटेल

डिपो मर्मतपछि बरौनीबाट भित्रिए ग्यास बुलेट, बजारमा सिलिन्डरको अभाव
फाइल फोटो

वीरगंजः भारतको बरौनीबाट भित्रिने एलपी ग्यास बुलेट बिहीबारदेखि सहज भएको छ। एक सातादेखि बरौनी डिपोमा मर्मत सम्भार कार्य चलिरहेकोले बुलेट भित्रिन सकेका थिएनन्।

व्यवसायीहरूको अनुसार विगत ५ दिनदेखि बरौनीबाट बुलेटको लोड नहुँदा मर्का परेको थियो। ४÷५ दिनमा करिब १०० वटा बुलेट  बरौनीबाट नआएका हुन्। सोही कारण वीरगंज आसपासको क्षेत्रमा आंशिक रूपमा ग्यास अभाव भएको थियो।

उपभोक्ताहरूले बजारमा केही कम्पनीको ग्यास नपाएको बताएका छन्। व्यवसायीहरूले बुलेट नआउँदा ग्यास नभएको बताउँदै आएका थिए।

नेपाल आयल निगम क्षेत्रीय कार्यालय वीरगंजका प्रमुख जगदीशचन्द्र यादवले केही दिनदेखि अनलोड रोकिएको थियो। बिहीबारदेखि लोड गर्न सुरु भइसकेको यादवले जानकारी दिए।

यादवका अनुसार हाल नेपालका ग्यास उद्योगको लागि बरौनीबाट दैनिक २५, हल्दियाबाट २०, मथुराबाट १५ र प्रादीपबाट ३ गरी दैनिक ६० देखि ७० सम्म बुलेट भित्रिँदै आएका छन्। गत साता डिपो मर्मतका लागि बरौनीको आयात भने रोकिएको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell