PahiloPost

Jul 23, 2025 | ८ साउन २०८२

नेपाल vs युएई : नेपाल ब्याटिङ गर्दै, टस जितेको युएईले रोज्यो फिल्डिङ



पहिलोपोस्ट

नेपाल vs युएई : नेपाल ब्याटिङ गर्दै, टस जितेको युएईले रोज्यो फिल्डिङ

काठमाडौं : नेपाल र संयुक्त अरब इमिरेट्स (युएई)बीचको तीन खेलको एकदिवसीय (ओडिआई) सिरिज अन्तर्गत पहिलो खेल आज हुँदैछ। घरेलु टोली युएईले टस जितेर पहिले फिल्डिङ रोजेको छ। केहीबेरमा नेपालले ब्याटिङ गर्दैछ। 

युएईको घरेलु मैदानमा हुने तीन एक दिवसीय र तीन ट्वान्टी २० सिरिज खेल्न नेपाली टोली मंगलाबार नै युएई पुगिसकेको छ।

एकदिवसीय मान्यता पाएपछि नेपालले युएईसँग दोस्रो सिरिज खेल्न लागेको हो। यसअघि नेदरल्याण्डसँग नेपालले खेलेको थियो। जसमा पहिलो खेलमा पराजित भएको नेपालले दोस्रो खेलमा एक रनको जित हासिल गरेको थियो।

सिरिजलाई एएनआईबी च्यालेन्ज २०१० नाम दिइएको छ। पहिलो खेलको लागि दुवै टोली तयार छन्। सिरिज विजेताले दश हजार दिराम पुरस्कार प्राप्त गर्नेछ।

नेपाल पारस खड्का तथा युएई मोहम्मद नाभिदको कप्तानीमा खेल्दैछन्। नियमित कप्तान रोहन मुस्ताफासहित ३ खेलाडी प्रतिबन्धमा रहेका कारण युएईको नेतृत्व फास्ट बलर नाभिदले गर्दैछन्।

नेपालले युएईसँग तीन ट्वान्टी २० सिरिज पनि खेल्नेछ।

खेलको प्रत्यक्ष प्रसारण पिचभिसजको वेबपेजबाट हेर्न सकिनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell