PahiloPost

Jul 23, 2025 | ८ साउन २०८२

नेपाल भर्सेस युएई : विनोद, ललित र पवनको डेब्यु, ज्ञानेन्द्र मल्ल पहिलो ओभरमै आउट



पहिलोपोस्ट

नेपाल भर्सेस युएई : विनोद, ललित र पवनको डेब्यु, ज्ञानेन्द्र मल्ल पहिलो ओभरमै आउट

काठमाडौँ : विकेटकिपर ब्याट्सम्मयान विनोद भण्डारी, स्पिनर ललित नारायण राजवंशी र युवा अलराउण्डर पवन सर्राफले नेपालको लागि ओडिआईमा डेब्यु गरेका छन्।

युएई विरुद्ध पहिलो ओडिआईमा यी तीन खेलाडी पहिलो रोजाईमा परेका हुन्।

राष्ट्रिय टिमका लामो समय खेलेपनि नेपालले यसअघि खेलेका ३ ओडिआईमा खेल्न नपाएका विनोद भण्डारीले युएई विरुद्धको पहिलो ओडिआईमा डेब्यु गर्दै ओपनर र विकेटकिपरको भूमिका निर्वाह गर्दैछन्। यसैंगरी नेदरल्याण्ड्स विरुद्धको नेपालको पहिलो ओडिआई सिरिजका लागि टिममा परेपनि राजवंशीले डेब्यु गर्न पाएका थिएनन्।

यस्तै यू-१९ र र घरेलु टी २० लिगहरुमा उत्कृष्ट प्रदर्शन गरेका पवन सर्राफले पनि राष्ट्रिय सिनियर टिम र ओडिआईमा एकैपटक डेब्यु गर्ने अवसर पाएका हुन्।

युएई विरुद्ध टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पहिलो ओभरमै विकेट गुमाइसकेको छ। उपकप्तान ज्ञानेन्द्र मल्ल खाता नखोली आउट भए। उनलाई युएऐका कप्तान मोहम्मद नाभिदले विकेटकिपर घुलाम सब्बरबाट क्याचआउट गराए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell