PahiloPost

Jul 23, 2025 | ८ साउन २०८२

विवेकशील नेपालीका संयोजक उज्वल थापासहितका प्रदर्शनकारी पक्राउ



पहिलोपोस्ट

विवेकशील नेपालीका संयोजक उज्वल थापासहितका प्रदर्शनकारी पक्राउ

काठमाडौः डाक्टर गोविन्द केसीको माग अनुसार चिकित्सा शिक्षा विधेयक पारित गर्ने दवाव दिन पुगेका विवेकशील नेपाल दलका प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

आज दिउँसो व्यवस्थापिका संसद भवन अगाडिबाट ३० जनाभन्दा बढीलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा विवेकशीलका संयोजक उज्वल थापा, मिलन पाण्डे, शशी विक्रम कार्की अजिता राई लगायतका छन्। 'भोट बेच्न पाइँदैन माफियामुखी ऐन चाहिँदैन' भन्ने नारा लगाउँदै बानेश्वरमा उनीहरुले प्रदर्शन गरिरहेका छन्।

डा. गोविन्द केसी सहमति अनुरुप विधेयक पारित गराउनु पर्ने माग राख्दै १६ दिनदेखि आमरण अनशन बसिरहेका छन्। सरकार भने राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई संसदबाट पारित गराउने तयारीमा छ। बिहीवारमात्र सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले भने राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई संसदबाट पारित गराएरै छाड्ने सरकारको एकमात्र नीति रहेको बताएका थिए। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस भने सरकारको विरोधमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell