PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

सभामुखसँगको बैठकमा सत्ता पक्ष र विपक्षका सचेतकको अडान यथावत, संसदमा अन्योल कायमै



बीपी साह

सभामुखसँगको बैठकमा सत्ता पक्ष र विपक्षका सचेतकको अडान यथावत, संसदमा अन्योल कायमै

काठमाडौं : अवरुद्ध संसदको बैठक सुरु गर्ने विषयलाई लिएर प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले बोलाएको बैठकले कुनै निर्क्योल निकाल्न नसकेको सहभागीहरुले जनाएका छन्। राष्ट्रिय चिकित्सा शिक्षा विधेयक कुनै पनि हालतमा पास गर्ने तयारीमा रहेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी र त्यसको विपक्षमा रहेको नेपाली कांग्रेस कुनै पनि हालतमा रोक्ने रणनीतिमा छन्। यसअघि पटक पटक संसद अवरुद्ध भएपछि आज १ बजेलाई बैठक डाकिएको थियो। 

मुठभेडको सम्भावना भएपछि संसदमा मर्यादापालकहरु सक्रिय भइसकेका छन्। तर, निर्धारित समयमा बैठक सुरु भने हुन सकेको छैन। सचेतक र उपसचेतकहरुलाई सभामुखले छलफलका लागि डाकेका थिए। नेपाली कांग्रेसका उप सचेतक पुष्पा भुषालका अनुसार विधेयकका विषयमा दुवै पक्षले आफ्नो अडान नछाडेपछि कुनै सहमति बनेन। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell