PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

सरकार अधिनायकवाद शैलीमा अगाडि बढ्यो, सडक र सदनबाट विरोध : सभापति देउवा



पहिलोपोस्ट

सरकार अधिनायकवाद शैलीमा अगाडि बढ्यो, सडक र सदनबाट विरोध : सभापति देउवा

काठमाडौँ : प्रमुख प्रतिपक्ष नेपाली कांग्रेका सभापति शेरबहादुर देउवाले अहिलेको सरकारले अधिनायकबाद शैलीमा चिकित्सा शिक्षा विधेयक पारित गराको आरोप लगाएका छन्।

नेपाली कांग्रेसका सांसदहरूको विरोधका बाबजुद चिकित्सा शिक्षा विधेयक सांसदबाट पारित भएको छ। शिक्षा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले संसद्मा पेस गरेको विधेयक संसद्को बहुमतले पारित भएको हो। सभापति देउवाले भने, 'एकलौटी ढङ्गबाट जवर्जस्ती विधेयक पास भएको छ। कुनै सहमतिबाट पास गर्ने कुरा भयो। यसलाई कम्युनिस्ट शैलीबाट पारित भएको हो।'

शुक्रवार बसेको बैठकको सुरुमा कांग्रेस नेतृ पुष्पा भुसालले आफ्नो धारणा राखेसँगै प्रमुख प्रतिपक्षी दल कांग्रेस सांसदहरू आफ्नो स्थानबाट उठेर विरोधस्वरुप अगाडि आएर नाराबाजी गरेका थिए।

सभामुख कृष्णबहादुर महराले पनि पदको दुरुपयोग गरेको सभापति देउवाले आरोप लगाए। ‘सभामुखको पदको गरिमा दुरुपयोग भएको छ। सभामुख भन्ने तटस्थ पद हो तर दुरुपयोग भएको छ। एकदमै दु:ख लागेको छ,‘ उनले भने।

सभापति देउवाले अब सडक र सदन दुवैबाट आन्दोलन गर्ने समेत चेतावनी दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell