काठमाडौं : चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभाबाट पारित भएपछि शिक्षा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले प्राध्यापक डाक्टर गोविन्द केसीलाई धन्यवाद भनेका छन्।
डाक्टर केसीले भनेझै विधेयक आएको र यो विधेयकले चिकित्सा शिक्षा क्षेत्रको सुधार गर्ने भएकाले यसको कार्यन्वयनको लागि सहयोग गर्न डा केसीलाई आग्रह पनि गरे।
चिकित्सा शिक्षा विधेयक पारित भएपछि राष्ट्रिय सभामा छलफल हुने उनले बताएका छन्। स्वास्थ्य अवस्थालाई ख्याल गर्दै अनशनलाई फिर्ता लिन समेत उनले आग्रह गरे।
'चिकित्सा शिक्षासँग सम्बन्धित मागहरुको जिम्मा म लिन तयार छु तर उहाँको राजनीतिक मागको बारेमा म केही गर्न सक्दिन,' उनले भने, 'हामी डा केसीसँग वार्ता गर्न सधै तयार हो। तर, पहिला भन्दा यो पटक फरक हुन्छ। उहाको अनशन टुङग्याउन र जीवन रक्षाका लागि हामी उहाँको सबै माग पूरा गर्न हस्ताक्षर गर्दैनौं।'