काठमाडौः अपहरणमा परेकी एक बालिकाको प्रहरीले उद्धार गरेको छ। थापाथलीस्थित प्रस्तुति गृहकी डाक्टर बविता शाहकी दुई वर्षीया छोरीको प्रहरीले उद्धार गरेको हो। आज बिहान कोटेश्वरको खरिबोट स्थित शाहको घरबाट बालिका अपहरणमा परको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी वसन्त लामाले जानकारी दिए।
गौशालाबाट प्रहरीले सात घण्टापछि उद्धार गर्न सफल भएको छ। बालिकाको गौशला क्षेत्रबाट प्रहरीले उद्धार गरेको जनाएको छ। अहरणकारीको पहिचान भए पनि प्रहरीले पक्राउ गर्न सकेको छैन। एसएसपी लामाले भने, 'अपहरणकारीको पहिचान भइसकेको छ। हामी खोजी गरिरहेका छौं।‘
फिरौती र रिसिइवीका कारण बालिकाको अपहरण भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। ‘केही फिरौती रकम समेत मागेको बुझिएको छ। हामी अनुसन्धान गरिरहेका छौं,' एसएसपी लामाले भने।
गत मंसीरमा गोंगबुबाट अपहरणमा परेका बालकको हत्या भएको थियो। ८ वर्षीय बालक प्रयास कुँवरको अपहरणपछि हत्या गरी फालिएको अवस्थामा प्रहरीले फेला पारेको थियो।
बालकको शव प्रहरीले म्हेपी पुल नजिकै झोलामा पोको पारेर फालेको अवस्थामा भेटिएको थियो