PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

सत्तारुढ दलकै सांसदले भनिन् : 'जिस की लाठी उस की भैंस' जस्तै भयो



पहिलोपोस्ट

सत्तारुढ दलकै सांसदले भनिन् : 'जिस की लाठी उस की भैंस' जस्तै भयो

काठमाडौं : सत्तारुढ दल संघीय समाजवादी फोरम नेपालकी उपाध्यक्ष रेणु यादवले संसदमा मर्यादा विपरीत काम भएको प्रतिक्रिया दिएकी छिन्।

'मर्यादापालक लगाएर विधेयक पारित गराउनु सत्तापक्षको गल्ती भयो भने प्रक्रिया नै अवरुद्ध गर्नु प्रतिपक्षी दलको गल्ती हो,’ सत्ता पक्ष र प्रतिपक्ष दुवैको तर्फबाट संसदको मर्यादा विपरीत कार्य भएको बताउँदै यादवले पहिलोपोस्टसँग भनिन्, ‘दुवै दलमाथि हाम्रो विश्वास छैन।’

सांसद यादवले सत्ता पक्षको भूमिका हेर्दा त 'जिस की लाठी उस की भैंस' भएजस्तै रहेको बताइन्। सत्ता पक्षले यसरी दम्भ नदेखाएको भए पनि हुने उनको तर्क थियो। 'सत्ता पक्षले गर्दै आएको एकलौटीको छायाँ संसदमा पनि देखियो। यो गलत हो,’ उनले भनिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell