
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले मुठभेडको शैलीमा आज संसदमा भएको सरकारको रवैयाँलाई संसदीय प्रजातन्त्रको मर्यादा विपरीत भएको जनाएको छ।
आज प्रमुख प्रतिपक्षी दलको विरोधका वावजुद सरकारले राष्ट्रियक चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभामा पेश गर्यो र बहुमतले पारित पनि गरेको थियो।
'प्रतिनिधिसभाको आजको बैठकमा प्रतिपक्षी दलको विरोधका वावजुद सरकारका तर्फबाट जबर्जस्ती ढंगबाट चिकित्सा शिक्षा विधेयक पेश गर्ने कार्यले मुलुक मुठभेडको दिशामा अघि बढ्ने अवस्था सिर्जना भएकोमा राप्रपा चिन्ता व्यक्त गर्दछ,' राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ,'गणितीय शक्तिका आधारमा प्रतिपक्षको आवाज निषेध गरिनु संसदीय प्रजातन्त्रको मर्यादा विपरीत हो।