PahiloPost

Nov 8, 2025 | २३ कात्तिक २०८२

यी एकमात्र सांसद जसले विधेयकको विपक्षमा संसदमा उठाए हात



पहिलोपोस्ट

यी एकमात्र सांसद जसले विधेयकको विपक्षमा संसदमा उठाए हात
फाइल फोटो

काठमाडौं : संसदको अधिकांश प्रक्रियामा भाग लिने नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमाथिको छलफलमा भाग लिएनन्। उनी छलफलमा भाग नलिएपछि पाँच मिनेट मै विधेयक पारित भएको थियो।


‘प्रमुख प्रतिपक्षी दलले नारावाजी गरिरहेको थियो। त्यस्तोमा मैले बोल्दा प्रष्ट हुँदैन थियो,’ सांसद सुवालले पहिलोपोस्टसँग भने, ‘तर मैले विरोधमा मत दिएँ। विरोधमा हात उठाउने म एक्लै थिएँ।’


उनले आज संसदमा नबोल्नुको अर्थ सरकारलाई समर्थन गरेको होइन भने। न त उनले प्रमुख प्रतिपक्षी दललाई नै समर्थन गरेका हुन्। उनले भने, ‘चिकित्सा विधेयकमाथि हाम्रो फरक धारणा छ। अहिले आएको चिकित्सा विधेयक कामदार वर्गको पक्षमा छैन। चिकित्सा शिक्षा निःशुल्क हुनु पर्छ भन्ने हाम्रो धारणा छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell