PahiloPost

Jul 23, 2025 | ८ साउन २०८२

भारतमा हुने महिला फुटबल प्रतियोगिताको लागि २३ सदस्यीय नेपाली टोली घोषणा



पहिलोपोस्ट

काठमाडौँ : भारतको भुवनेश्वरमा आगामी फेब्रुअरी ७ देखि १७ सम्म हुने महिला फुटबल प्रतियोगिताको लागि नेपाल् टोलीको नाम घोषणा भएको छ।

निरु थापाको कप्तानीमा शुक्रवार २३ सदस्यीय टोलीको नाम सार्वजानिक गरिएको हो। बन्द प्रशिक्षणमा रहेको ३० खेलाडीबाट अन्तिम टोली घोषणा भएको हो।

साफ च्याम्पियनसिपको तयारीका लागि हुन लागेको प्रतियोगितामा नेपाल र घरेलु टोली भारतसहित म्यानमार, र श्रीलंकाको सहभागिता रहने छ।

यस प्रतियोगितापछि घरेलु मैदानमा हुने साफ च्याम्पियनसिपका लागि २० खेलाडीको नाम सार्वजनिक गरिने एन्फाले जनाएको छ।

 

नेपाली टोली:

गोलकिपर : एन्जिला तुम्बाप्पो सुब्बा, अन्जना राना मगर,  उषा नाथ

डिफेन्डर : हिरा कुमारी भुजेल,  गीता राना, पुनम जर्जा मगर, अमृता जैसी, कविता धिमाल, सुनिता चौधरी, पुजा राना, मनमाया लिम्बु

मिडफिल्डर : बिमला चौधरी, अनिता बस्नेत, दिपा राई, मञ्जिला कुमारी योञ्जन, सर्मिला थापा, सरु लिम्बु, रेनुका नगरकोटी, अनिता केसी

फर्वावट : अनु लामा, रेखा पौड्याल, निरु थापा (कप्तान) सबित्रा भण्डारी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell