PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

एनभिए अवार्डमा आर्मी र एपीएफको वर्चस्व, धनबहादुर भट्ट र सरस्वती चौधरी वर्ष खेलाडी



पहिलोपोस्ट

एनभिए अवार्डमा आर्मी र एपीएफको वर्चस्व, धनबहादुर भट्ट र सरस्वती चौधरी वर्ष खेलाडी

काठमाडौं : नेपाल भलिबल संघ एनभिएले आयोजना गरेको एनभिए अवार्डमा विभागीय टोली त्रिभुवन आर्मी र एपीएफको वर्चस्व रहेको छ।

एनभिएले शुक्रवार आयोजना गरेको अवार्ड कार्यक्रममा आर्मी र एपीएफले समान ४ अवार्ड जितेको हो।

आर्मीको पुरुष भलिबल टिम वर्षको उत्कृष्ट घोषित हुँदा आर्मीकै धन बहादुर भट्ट पुरुष वर्ष खेलाडी घोषित भए। यस्तै आर्मीका प्रशिक्षक कपिल किशोर श्रेष्ठ उत्कृष्ट प्रशिक्षक घोषित भए।

एपीएफको महिला भलिबल टोली महिलातर्फ वर्षको उत्कृष्ट टोली घोषित भयो भने एपीएफकै सरस्वती चौधरी वर्षको उत्कृष्ट महिला खेलाडी घोषित भइन्। महिला टिमकै प्रशिक्षक ज्ञानेन्द्र विष्ट महिलातर्फको उत्कृष्ट प्रशिक्षक घोषित भए।

वर्षको उत्कृष्ट टिम बनेको आर्मी र एपीएफको टीमले नगद १-१ लाख पुरस्कार प्राप्त गर्दा वर्ष खेलाडीले २५-२५ हजार हात पारे। वर्षका उत्कृष्ट प्रशिक्षकद्वयले पनि समान २५ हजार पाए।

यस्तै उदयीमान खेलाडी विधामा महिलातर्फ आर्मीकी निरुता ठगुन्ना र पुरुषमा एपीएफका विनोदबहादुर चन्द उत्कृष्ट घोषित भए। उनीहरुले पनि समान २५ हजार प्राप्त गरे।

यसैगरी वर्षको उत्कृष्ट प्रशिक्षक विधामा एपीएफका ज्ञानेन्द्र विष्ट महिलातर्फ र आर्मीका कपिलकिशोर श्रेष्ठ पुरषतर्फ उत्कृष्ट ठहरिए । दुवैले जनही २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

यसैगरी कार्यक्रममा राष्ट्रिय पुरुष टिमका पूर्व कप्तान भरत शाह र महिला टिमकी पूर्व कप्तान अञ्जु श्रेष्ठलाई पनि २५-२५ हजारसहित सम्मानित गरिएको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell