A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.6997756497f438.21718530): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.6997756497f438.21718530,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.69977564983eb0.75672701): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.69977564983eb0.75672701,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

२७ करोड लागतको जमुनी सिंचाइ आयोजना: ९० प्रतिशत काम पुरा, ६ महिनाभित्र सञ्चालनमा आउने, किसान भने चिन्तामा
PahiloPost

Feb 20, 2026 | ८ फागुन २०८२

२७ करोड लागतको जमुनी सिंचाइ आयोजना: ९० प्रतिशत काम पुरा, ६ महिनाभित्र सञ्चालनमा आउने, किसान भने चिन्तामा



राधेश्याम पटेल

२७ करोड लागतको जमुनी सिंचाइ आयोजना: ९० प्रतिशत काम पुरा, ६ महिनाभित्र सञ्चालनमा आउने, किसान भने चिन्तामा

वीरगंज: नेपाल सरकारको करिब २७ करोडको लागतमा बारामा निर्माण भएको जमुनी सिंचाई आयोजनाको करिब ९० प्रतिशत काम सम्पन्न भइसकेको छ। बाँकी १० प्रतिशत काम सम्पन्न गरी अबको ६ महिनाभित्र सिंचाइ आयोजना सञ्चालनमा ल्याउने तयारी भइरहेको नारायणी सिँचाइ व्यवस्थापन कार्यालय वीरगंजले जनाएको छ।

पूर्वी गण्डक नहरको व्यवस्थापन हेर्ने यस कार्यालयका प्रमुख डिभिजनल इन्जिनियर राजेन्द्रप्रसाद साहले दिएको जानकारी अनुसार आयोजना सञ्चालमा आएपछि बाराको १२ सय हेक्टर र रौतहटको ८३ सय हेक्टर गरी कुल साढे ९ हजार जग्गा सिंचाइ हुनेछ।

२०७२ साल माघदेखि सुरु भएको आयोजनाको म्याद २०७४ माघसम्म थियो। ठेकेदारलाई म्याद थपी ६ महिनाभित्रै काम सकाउने हिसाबले काम भइरहेको उनले बताए। आयोजना अन्तर्गत बनाइएको ड्यामको १५ वटा फलामको ढोका र तटबन्ध निर्माण गर्न मात्र बाँकी छ।

कुमार आशिष जेभी काठमाडौंले बाराको आर्दशकोतवाल गाउँपालिका वडा नं ८ स्थित जमुनी खोलामा यो आयोजना बनाइरहेको छ। खोलामा डयाम बनाई एक किलो मिटर दक्षिणमा रहेको गण्डक नहरमा पानी ल्याउने लक्ष्य छ। बाँध निर्माण गरी प्रति सेकेन्ड ७ हजार ५ सय लिटर पानी गण्डक नहरमा खसाल्ने र सोही पानीलाई बाराको १२ ब्लक र रौतहटको १३, १४ र १५ (वागमती खोला)सम्म लैजाने सरकारी पक्षको योजना छ।

जमुनी खोला भन्दा पूर्वमा १२ ब्लकदेखि १५ ब्लकसम्म बर्षौदेखि पानी गएको छैन। लालवकैयामा विगतमा आएको बाढीले गण्डक नहरको पुरै संरचना भत्काइसकेकोले र गण्डक नहरमा बर्सेनि कम आउने पानीले पानीले रौतहटसम्म पुग्न सक्दैन।

त्यसैले, कार्यालयले एकातिर आयोजनाको काम सकाउन लागेको छ भने रौतहटमा भत्केको नहरको पुरै संरचना बनाउन सरकारसँग करिब ४० करोड रुपैयाँ माग गरेको छ।

गाउँलेको चिन्ता, 'ड्याम बन्यो भने खेतबारी डुब्छ'

कोतवाली टोलका बासिन्दा आयोजना सञ्चानमा आएपछि आफुहरुको खेतबारी डुब्ने चिन्तामा रहेको बताएका छन्। डयामको उत्तरको क्षेत्र १ किलोमिटर सम्म खेलालाई पुरानै स्वरूपमा फर्काउन सरकारी पक्षको लक्ष्य छ तर बजेट नभएर यस वर्ष काम नहुने भएकोले गाउँलेहरू त्रसित बनेको कोतवालीका नन्दबाबु साहले बताए। बाँध बन्यो र पानीको सतह बढ्यो भने वरपरको किसानको जग्गा र बालीनाली बर्बाद हुने उनीहरूले चिन्ता व्यक्त गरेका छन्।

उनीहरूले आयोजना सञ्चालन गर्नु भन्दा अगावै खोलाको एक किलोमिटर उत्तर सम्मको दुवै साइडको बाँध बनाउनु पर्ने जरुरी रहेको बताएका छन्। यस जमुनी खोलाको उदगम विन्दु चुरेको भावर क्षेत्र हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell