PahiloPost

Jul 23, 2025 | ८ साउन २०८२

ब्याटिङ सुधारेको नेपालको खेल बराबरीमा ल्याउने अपेक्षा



पहिलोपोस्ट

ब्याटिङ सुधारेको नेपालको खेल बराबरीमा ल्याउने अपेक्षा

काठमाडौं : कमजोर ब्याटिङका कारण पहिलो खेल गुमाएको नेपालले युएईमा जारी तीन एकदिवसीय क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा २ सय ४३ रनको सम्मानजनक चुनौती पेश गरेको छ।

पहिलो खेल गुमाएपछि तीन खेल हुने प्रतियोगितामा नेपाल युएईसँग १-० मा रहेको छ। आज नेपालले युएईलाई रोक्न सक्यो भने बराबरी जितसँगै खेल थप रोचक हुने छ।

दुवईमा आज दोस्रो ओडिआईमा टस जित्दै नेपालले ब्याटिङ रोजेको थियो। ५० ओभर पूरै खेल्दै नेपालले २ सय ४२ रन जोडेको छ। नौ विकेट गुमाएर नेपालले युएईलाई २ सय ४३ रनको चुनौती पेश गरेको हो। बलिङमा सुधार देखिएको नेपालका लागि रोहित कुमार पौडेलले सर्वाधिक ५५ रनको योगदान दिए। ५८ बल खेलेका उनले ७ चौका प्रहार गरेका थिए।


ज्ञानेन्द्र मल्लले ४ चौकासहित ४४ रन जोड्न सफल रहे। त्यस्तै आरिफ शेखले २९ रन बनाए। विनोद भण्डारी र कप्तान पारस खड्काले २१/२१ रन बनाए। करन केसीले १८ रन बनाउँदा सन्दीप लामिछानेले २ चौका सहित १४ रन बटुले।

ब्याटिङमा सुधारिएको नेपालले बलिङमा पनि आफ्नो लय लिन सके आजको खेल जित्ने सम्भावना धेरै छ। 


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell